नेभिगेशन
समाज

एन्फाले एकलौटी तबरले लिगको मिति तोकेको भन्दै क्लवहरु आन्दोलित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तबरले सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लवहरु आन्दोलित भएका छन् ।

एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तबरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लवहरुले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनसहित एन्फा कार्यालय जान लागेका प्रदर्शनकारीलाई प्रहरीले गेटमा नै रोकेपछि उनीहरुले बाहिर धर्ना दिएका थिए । ए डिभिजन क्लबहरुले कार्तिक १७ गते भएको कार्यतालिकासहितको सहमति कार्यन्वयन हुनुपर्ने, बिदेशी खेलाडीहरूको हकमा विन्ड खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्ने माग राखेका छन् ।

Ncell
Extreme Energy

साथै उनीहरुले सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने जनाएका छन् भने एकलौटी तबरले सहभागी क्लबहरूसँग छलफल नै नगरि मनोमानि तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिम्ब सच्चाइ क्लबहरू सहमति अनुसार निर्णय गर्न उनीहरुले माग राखेका छन् ।
लिग सम्बन्धि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरि क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने माग छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।