नेभिगेशन
समाज

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षम भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा छलफल भएको थियो । नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोगप्रति प्रशांसा व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

सो अवसरमा राजदूत चाङले चीन–नेपाल देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए। उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको बताए ।

भेटमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेल लगायत परराष्ट्र मन्त्रालय र सङघीय संसद सचिवालयका कर्मचारीहरू तथा चिनियाँ दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निम्स दाइसहित आरोही टोलीको शव आज क्याम्प–१ झार्ने तयारी

निम्स दाइसहित आरोही टोलीको शव आज क्याम्प–१ झार्ने तयारी

पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको शव उद्धार अभियान जारी रहेको छ । उद्धारमा खटिएको ग्राउन्ड टिमले दिवंगत आरोहीहरूलाई...
निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको निधन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार...
नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।