नेभिगेशन
समाज

नवनिर्वाचित सांसदहरुलाई रास्वपाको अभिमुखिकरणः कार्यक्रम हलमा मोबाइल फोन निषेध, व्यक्तिगत भेटघाट गर्न नपाइने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नवनिर्वाचित सांसदहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखिकरण कार्यक्रम गर्ने भएको हो । 

उक्त कार्यक्रममा प्रत्यक्ष र समानुपातिक दुबै तर्फका सांसदहरु सहभागी हुने पार्टीले जनाएको छ । कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले समबोधन गर्ने बताइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा सहभागी हुने सांसदहरुका लागि पार्टीले ६ बुँदे निर्देशन समेत जारी गरेको छ । 

Ncell
Extreme Energy

यस्ता छन् निर्देशनहरु
१. कार्यक्रम आवासीय हुनेछ। पार्टीले सबै सांसदहरूको खाना र आवास (Sharing basis) सुनिश्चित गरेको छ।
२. कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ।
३. कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ; परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा
आमन्त्रण नगर्न निर्देशन गरिएको छ।
४. वाहन पार्किड: होटलमा तपाईलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ। चालक तथा अन्य
व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईको जिम्मेवारी हुनेछ। सो व्यबस्था अन्य होटल वा स्थानमा गर्न अनुरोध

५. सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ।
६. पोशाक: व्यवसायिक क्याजुअल (Business Casual)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै