नेभिगेशन
समाज

ग्यासको अवैध कारोबार गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ ।

पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

Marvel
Extreme Energy

विभागले सञ्चालनमा रहनेगरी निःशुल्क रूपमा टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको र देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने जनाएको छ । पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ । अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रष्ट पारेको छ ।

ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ । विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ ।

सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ । सो उद्योगको ललितपुर हरिसिद्धिमा रहेको गोदाममा लुकाएर राखेको १४ दशमलव दुई किलोग्राम तौलका छ हजार ३७७ सिलिण्डर फेला परेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमण: यस्तो छ कार्यसूची

प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमण: यस्तो छ कार्यसूची

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

भ्रमणलाई नेपाल–भारत सम्बन्धको समीक्षा, आर्थिक सहकार्य विस्तार र नयाँ सरकारको कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यमले पनि भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा पूर्वाधार...