नेभिगेशन
समाज

अमेरिका र इजरायल द्वन्द्वः यूएईमा तनाव

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले ड्रोन आक्रमणका कारण करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) मंगलबार पुनः खुला गरेको छ ।

यूएईमा इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरुप अस्थायीरुपमा एयरस्पेस बन्द गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिक उड्डयन प्राधिकरणले सञ्चालन तथा सुरक्षा अवस्थाको व्यापक मूल्यांकनपछि सम्बन्धित निकायहरूसँग समन्वय गरेर एयरस्पेस पुनस् खोल्ने निर्णय गरिएको जनाएको बीबीसीले जनाएको छ । 

Ncell
Extreme Energy

साथै, उड्डयन सुरक्षाको उच्चतम स्तर कायम राख्न वास्तविक समयमै अवस्थाको निरन्तर निगरानी भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार करिब दुई घण्टा गरिएको पूर्ण बन्द ‘तीव्र रूपमा परिवर्तन भइरहेको क्षेत्रीय सुरक्षा अवस्थाबीच उडान, उडानकर्मी र यूएईको भूभागको सुरक्षा सुनिश्चित गर्न गरिएको असाधारण सावधानी’ थियो ।

यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोन रोकेर नष्ट गरेको छ ।

अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि त्यसको प्रत्यक्ष मार यूएईले खेपिरहेको छ । 

यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि उडान सेवा प्रभावित भएको थियो।  ड्रोन आक्रमणबाट विमानस्थलको इन्धन भण्डारण केन्द्रमा आगलागी भएको थियो । 
यो विमानस्थलमा भएको चौथो ड्रोनसम्बन्धी घटना हो ।

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मार्ग परिवर्तन भइरहेका छन् ।

यसैबीच, ब्रिटिश एयरवेजले सोमबार मध्यपूर्वका उडान तालिकामा अस्थायी कटौतीको अवधि थपिएको जनाएको छ । यसले अबु धाबी, ओमान, बहराइन, दोहा, दुबई र इजरायलको तेलअविवतर्फका उडानहरू प्रभावित भएका छन् ।

एयरलाइन्सले अवस्थाको निरन्तर समीक्षा गरिरहेको र प्रभावित यात्रुहरूसँग सम्पर्क गरेर वैकल्पिक यात्रा विकल्प उपलब्ध गराइरहेको जनाएको छ ।

ब्रिटिश एयरवेजका अनुसार यात्रुहरूलाई सहयोग गर्न ओमानको मस्कटबाट आठ वटा राहत उडान सञ्चालन गरिएको छ । साथै सिंगापुर र बैंककतर्फ उडान थपिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै