नेभिगेशन
समाज

रास्वपाबाट सांसद भएपछि लीमा अधिकारीले दिइन नेपाल इन्फ्रास्टक्चर बैंकको सञ्चालकबाट राजीनामा

काठमाडौँ । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि अधिकारीले सोमबार निफ्राबाट बिदा लिएकी हुन्। अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौं वार्षिक साधारणसभाबाट दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्। 

Ncell
Extreme Energy

अधिकारीले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि पहल गर्ने बताएकी छन् । 

‘करिब साढे चार वर्षको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ। देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने यस गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरा लागि एक महत्त्वपूर्ण उपलब्धि हो’ अधिकारीले भनेका छन्। 

आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र गौरवशाली आयोजनाहरूमा लगानी बैंक सफल हुने भित्र्याउन सफल हुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निम्स दाइसहित आरोही टोलीको शव आज क्याम्प–१ झार्ने तयारी

निम्स दाइसहित आरोही टोलीको शव आज क्याम्प–१ झार्ने तयारी

पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको शव उद्धार अभियान जारी रहेको छ । उद्धारमा खटिएको ग्राउन्ड टिमले दिवंगत आरोहीहरूलाई...
निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

निम्स दाइको निधनमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना नेपाली आरोहीको निधन भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार...
नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्य भयो– महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।