नेभिगेशन
समाज

स्पष्ट जनादेशलाई सम्हालेर लग्नुपर्ने ठुलो जिम्मेवारी रास्वपाको काँधमा आएको छ: वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको स्पष्ट जनादेश लाई सम्हालेर लग्नुपर्ने पार्टी उपसभापति स्वर्णिम वाग्ले बताएका छन् । रास्वपाले मङ्गलवार काठमाडौँमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति वाग्ले जनादेशलाई सम्हालेर लग्नु पर्ने बताएका हुन ।

उनले भने, '२०१५ सालमा देशमा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला हुँदा कांग्रेसले स्पष्ट दुई तिहाइ ल्याउँदा पनि ३८ प्रतिशत मत प्राप्त गरेको थियो । अहिले रास्वपाको लगभग दुई तिहाइ छ । अनुपातले झन्डै ४८ प्रतिशत मत हुन आउँछ । यस जनमतलाई सम्हालेर लग्नु पर्ने दायित्व र त्यो जिम्मेवारी अहिले रास्वपाको काँधमा आएको छ । जनताको यो आशा र भरोसालाई न्याय गर्ने कुराको बोध रास्वपाका सम्पूर्ण सांसद्हरुमा हुनु पर्छ ।'

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, नवनिर्वाचित सबै सांसद्हरुले यस अघिका आफ्ना आनीबानीलाई बिर्सिएर आफुलाई सुधारेर लग्ने कुरामा ध्यानदिन र जनताका मुलभुत मुद्दालाई जोडतोडका साथ उठाउन समेत नवनिर्वाचित सांसदलाई आग्रह गरेका थिए । त्यस्तै रास्वपा उपसभापति द्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।