नेभिगेशन
समाज

नेपाल–प्रज्ञा प्रतिष्ठानका एघार प्राज्ञले अब आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने भएका छन् ।

प्रतिष्ठानको प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ फागुन ११ गते बसेको परिषद् बैठकले आजीवन सदस्यको दोहोरो भत्ता रोक्ने निर्णय गरेकामा त्यसबाट प्रभावित हुने सदस्यहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही चैत १ गते सर्वोच्च अदालतबाट रिट खारेज भएपछि अदालतको आदेश र प्रतिष्ठानको निर्णय कार्यान्वयन हुने प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए । आजीवन सदस्यको दोहोरो सुविधा रोक्ने विषयमा प्रतिष्ठानको निर्णयलाई अदालतबाट अनुमोदन भएकाले अबदेखि सोही बमोजिम कार्यान्वयन उनको भनाइ छ ।

Ncell
Extreme Energy

परिषद्को उक्त निर्णयविरुद्ध पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले रिट दायर गरेका थिए । यही चैत १ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले सो रिट निवेदन खारेज गरेको हो ।

अबदेखि दोहोरो सुविधा नपाउनेहरुमा डा त्रिपाठी, प्राडा चूडामणि बन्धु रेग्मी, गङ्गाप्रसाद उप्रेती,  प्राडा योगेन्द्रप्रसाद यादव,  तीर्थबहादुर श्रेष्ठ,  आरडी ‘प्रभास’ (राजेश्वरीदत्त चटौत), अशेषकुमार मल्ल,  डा धुवचन्द्र गौतम,  तोया गुरुङ,  तुलसीप्रसाद जोशी (तुलसी दिवस)  र शशिविक्रम शाह छन् ।

सरकारी सेवा वा निकायको तलवरसुविधा वा निवृत्तिभरण पाउने आजीवन सदस्यहरूलाई प्रतिष्ठानले भत्ता रोक्ने निर्णय गरेको थियो भने त्यस्ता आजीवन प्राज्ञ सदस्यले आफूहरूको प्राज्ञिक योगदानका आधारमा दिइएको सम्मानवृत्ति पाएकाले त्यसलाई दोहोरो सुविधा वा पारिश्रमिक भन्न नमिल्ने तर्क गर्दै आएका थिए । आजीवन सदस्यलाई दोहोरो सुविधा दिन नहुने सम्बन्धमा प्रतिष्ठानविरुद्ध घनेन्द्र ओझाले पनि रिट निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।