नेभिगेशन
समाज

भोजपुरमा डढेलो नियन्त्रणसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन

काठमाडौँ । सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । सोही क्रममा आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरुको हातमा रहेको प्लेकार्डमा वनजङ्गलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक नारा थिए ।

Ncell
Extreme Energy

डिभिजन वन कार्यालयका अधिकृत कपिल देव अधिकारीले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले यसको नियन्त्रणमा सबैको हातेमालो जरुरी रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।

प्रभातफेरीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, वनसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागिता रहेको थियो । जिल्लामा आगामी चैत ७ गतेसम्म वन डढेलो व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु हुनेछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...

भर्खरै