नेभिगेशन
समाज
रास्वपा सांसद

म तलब खान्न, गाडी पनि आफ्नै चढ्छुः रास्वपा सांसद सुदन गुरूङ

काठमाडौँ । गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलबभत्ता नखाने घोषणा गरेका छन् । 

रास्वपाले आयोजना गरेको अभिमुखीकरणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुरूङले आफू तलब नखाई काम गर्न सक्षम भएको उल्लेख गर्दै तलब जरुरी नभएको बताएका हुन् । 
जेनजी आन्दोलनपछि एक पत्रकार सम्मेलनमा गुरूङले नेताहरुलाई तलब नदिने उल्लेख गरेका थिए । सोहि प्रसंगलाई जोड्दै पत्रकारले अब सांसद भएपछि तलब खाने कि नखाने भन्ने प्रश्न सोधेका थिए । जवाफमा गुरूङले भने,‘म त (तलब) खान्नँ नि, किन तलब खानु र ?’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले थपे ‘नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ।’

Ncell
Extreme Energy

गुरूङलाई मंगलबार होटल रोयल टुलिपमा पत्रकारले गाडी प्रयोगबारे पनि प्रश्न सोधेका थिए। 

जबाफमा उनले आफ्नै गाडी चढ्ने बताएका छन्।  

 जेनजी आन्दोलनपछि पत्रकार सम्मेलनमा उनले नेताहरूलाई तलब दिन नहुने उल्लेख गर्दै भनेका थिए, ‘यो नेतारसेताको तलब छाड्दिऊँ ल, नराख्दिम्, ‘अनि गाडीहरू हुन्छ नि लाइनै, त्यो ट्याँट्याँ र टुँ टुँ गर्छ। अब पाएन तिनीहरूले। कसैले पाएन। अब नेपाली जनताको राज हो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

गत भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवाको ल्हेन्खे खोलाको माथिल्लो जलाधार क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन्।
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति,  बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै...