नेभिगेशन
सबै कुरा

संविधान रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का

जनकपुरधाम : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको बिहीबार उद्घाटन कार्यक्रममा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताए। ‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ,’ उनले भने । 

Ncell
Extreme Energy

नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए । नेपाली कांग्रेस आज पनि संविधान संशोधनको पक्षमा रहेको पनि उनको भनाइ थियो। ‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौँ । एमालेका कारण संसद्मा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ,’ उनको भनाइ थियो । 

उनका अनुसार वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा छ । हिउँदे अधिवेशनबाट कानुन बन्ने उनले बताए । केही महत्त्वपूर्ण कानुन अध्यादेशबाट ल्याइने उनले बताए ।

त्यस्तै, पार्टीमा एकताको कुरा मञ्चबाट गर्ने नभइ व्यवहारमा हुनुपर्ने उपसभापति खड्काको भनाइ थियो ।  ‘अब सभापतिको कुरा केही छैन । दुई तीन वर्ष हामीलाई एकताबद्ध बनाएर लिनुहुन्छ । हामीहुरु समस्याको पहिचान गरि छलफलमा बस्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...