नेभिगेशन
सबै कुरा

संविधान रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का

जनकपुरधाम : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको बिहीबार उद्घाटन कार्यक्रममा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताए। ‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ,’ उनले भने । 

Ncell
Extreme Energy

नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए । नेपाली कांग्रेस आज पनि संविधान संशोधनको पक्षमा रहेको पनि उनको भनाइ थियो। ‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौँ । एमालेका कारण संसद्मा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ,’ उनको भनाइ थियो । 

उनका अनुसार वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा छ । हिउँदे अधिवेशनबाट कानुन बन्ने उनले बताए । केही महत्त्वपूर्ण कानुन अध्यादेशबाट ल्याइने उनले बताए ।

त्यस्तै, पार्टीमा एकताको कुरा मञ्चबाट गर्ने नभइ व्यवहारमा हुनुपर्ने उपसभापति खड्काको भनाइ थियो ।  ‘अब सभापतिको कुरा केही छैन । दुई तीन वर्ष हामीलाई एकताबद्ध बनाएर लिनुहुन्छ । हामीहुरु समस्याको पहिचान गरि छलफलमा बस्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।