नेभिगेशन
समाज

नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते, पहिलो बैठक १५ मा गर्ने तयारी

काठमाडौँ । संघिय संसद सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ तथा पहिलो बैठकको तयारीमा जुटेको छ । 

सचिवालयका सचिव रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आफ्ना प्रक्रिया टुंगाएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै संसद सचिवालयमा पनि नवनिर्वाचित सदस्यहरुको विवरण प्राप्त हुने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले पठाएको विवरण अनुसार सचिवालयले शपथ ग्रहणमा उपस्थित हुन नवनिर्वाचित सदस्यहरुलाई सूचना जारी गर्ने छ । 

Ncell
Extreme Energy

साथै राष्ट्रपतिको कार्यालयसँग समन्वय गरेर शपथको व्यवस्थापन तय हुने छ । राष्ट्रपतिले पहिले नवनिर्वाचित सदस्यहरु मध्येबाट ज्येष्ठ सदस्यलाई शपथ गराएर अर्को सभामुख नचुनिँदासम्मका लागि सभामखु तोक्ने छन् ।

त्यसपछि अन्य सदस्यहरुको सपथ हुने छ । यसरी  फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ चैत १२ गते हुन सक्ने सचिवालयले जनाएको छ । 

शपथ लगत्तै राजनीति दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्छन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका निम्ति आह्वान हुनेछ ।

यदि १२–१३ गते सरकार गठन भए १५ गते प्रतिनिधिसाभाको पहिलो बैठक आह्वान गर्ने संसद सचिवालयको तयारी छ ।
संसदको पहिलो बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमा हुने छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झाँक्रीले भनिन्– कार्यदल बनाउने निर्णय नै गलत थियो, दोष एक व्यक्तिलाई थोपर्नु हुँदैन

झाँक्रीले भनिन्– कार्यदल बनाउने निर्णय नै गलत थियो, दोष एक व्यक्तिलाई थोपर्नु हुँदैन

नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीको निर्वाचन पराजयको सम्पूर्ण दोष अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर विशेष महाधिवेशन वा नेतृत्व परिवर्तनको बहस अघि बढाउनु सही राजनीतिक निष्कर्ष नभएको...
सूर्य थापाले भने– पार्टीलाई डिबेट क्लबजस्तो बनाउनु हुँदैन

सूर्य थापाले भने– पार्टीलाई डिबेट क्लबजस्तो बनाउनु हुँदैन

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्र नेतृत्व परिवर्तन र अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित बहसलाई निरन्तर मिडियामा लैजान नहुने बताएका छन्।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?