नेभिगेशन
सबै कुरा

नारायणगढ–बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गर्ने, ११३ किलोमिटर हिड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले पटक पटक म्याद थप हुँदा पनि स्तरोन्नतीको कार्यले पूर्णता पाउन नसेकेको नारायणगढ बुटवल सडकखण्डमा हिँडेर दबाब यात्रा गर्ने भएको छ । उक्त दबाब यात्रामा चितवनको पुल्चोकदेखि बुटवलसम्म हिँड्ने कार्यक्रम तय भएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रावलका अनुसार पार्टीका सांसद तथा पूर्वाधार समितिका सदस्य शिव नेपाली, निशा डाँगी केन्द्रिय सदस्य तथा सहकोषाध्यक्ष दिपक बोहरा, गण्डकी प्रदेश सभापति राजन गौतम लगायतले १ सय १३ किलोमिटर हिडेर यात्रा गर्नेछन् । सो क्रममा उनीहरुले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्तीमा भईरहेको ढिलाईबारे निर्माण कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्नेछन् भने सडकमा यात्रा गर्ने यात्रुहरु र स्थानीयसँग अन्र्तक्रिया समेत गर्नेछन् । यात्रापछि पार्टीका नेताहरुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने छन् । उनीहरुको दबाब यात्रा पुष ९ गतेबाट सुरु हुनेछ । दबाब यात्राका लागि सर्वसाधारणलाई समेत आह्वान गपिरएको छ । 

Ncell
Extreme Energy

पटक पटक म्याद थप्दा पनि नारायणगढ बुटवल सडकखण्ड स्तरोन्नतीको कार्य सम्पन्न हुन सकेको छैन । जसका कारण यात्रु, सवारी चालक तथा स्थानीयले लामो समयदेखि सास्ती खेपिरहेका छन् । स्तरोन्नतीको कार्य छिटो गर्नका लागि दबाब यात्रा गर्न लागेको पार्टीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...