नेभिगेशन
सबै कुरा

नारायणगढ–बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गर्ने, ११३ किलोमिटर हिड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले पटक पटक म्याद थप हुँदा पनि स्तरोन्नतीको कार्यले पूर्णता पाउन नसेकेको नारायणगढ बुटवल सडकखण्डमा हिँडेर दबाब यात्रा गर्ने भएको छ । उक्त दबाब यात्रामा चितवनको पुल्चोकदेखि बुटवलसम्म हिँड्ने कार्यक्रम तय भएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रावलका अनुसार पार्टीका सांसद तथा पूर्वाधार समितिका सदस्य शिव नेपाली, निशा डाँगी केन्द्रिय सदस्य तथा सहकोषाध्यक्ष दिपक बोहरा, गण्डकी प्रदेश सभापति राजन गौतम लगायतले १ सय १३ किलोमिटर हिडेर यात्रा गर्नेछन् । सो क्रममा उनीहरुले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्तीमा भईरहेको ढिलाईबारे निर्माण कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्नेछन् भने सडकमा यात्रा गर्ने यात्रुहरु र स्थानीयसँग अन्र्तक्रिया समेत गर्नेछन् । यात्रापछि पार्टीका नेताहरुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने छन् । उनीहरुको दबाब यात्रा पुष ९ गतेबाट सुरु हुनेछ । दबाब यात्राका लागि सर्वसाधारणलाई समेत आह्वान गपिरएको छ । 

Ncell
Extreme Energy

पटक पटक म्याद थप्दा पनि नारायणगढ बुटवल सडकखण्ड स्तरोन्नतीको कार्य सम्पन्न हुन सकेको छैन । जसका कारण यात्रु, सवारी चालक तथा स्थानीयले लामो समयदेखि सास्ती खेपिरहेका छन् । स्तरोन्नतीको कार्य छिटो गर्नका लागि दबाब यात्रा गर्न लागेको पार्टीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।