नेभिगेशन
समाज

नारायणगढ–मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । 

कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ । मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ”, इञ्जिनियर घिमिरेले भने । साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत ठाउँ जोखिममा रहेका उनले जानकारी दिए । 

Marvel
Extreme Energy

गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ । विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्‍याएको उनले बताए । ती ठाउँमा विपद्मार्फत विनियोजित रु २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको उनले उल्लेख गरे ।  

प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि रु २० करोड बजेट विनियोजन भएको छ । बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उहाँले नक्साङ्कन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताए । वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्नसक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ । 

केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो । भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । राजधानी काठमाडौँका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

भ्रमणलाई नेपाल–भारत सम्बन्धको समीक्षा, आर्थिक सहकार्य विस्तार र नयाँ सरकारको कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यमले पनि भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा पूर्वाधार...
पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै

पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै

प्रधानमन्त्री बालेन शाह आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणमा व्यापार, लगानी, ऊर्जा, पारवहन, पूर्वाधार, डिजिटल...
विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा हिजोको तुलनामा परिवर्तन भएको छैन ।
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पछिल्लो समय बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। सडक पहुँच विस्तार, पदमार्गमा होटल तथा लजको सुविधा...

भर्खरै