नेभिगेशन
समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

काठमाडौँ । चितवन जिल्लामा रगतको चरम अभाव भएको छ । रगत अभाव भएसंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको अभाव भएकाले  रक्तदान गर्नका लागि अपिल गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन पछि रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ । रक्तदानका कार्यक्रमहरु न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो ।

Ncell
Extreme Energy

शाखाले यहाँ संञ्चालन गरेको प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरुमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरु आएर रक्तदान गर्ने गरेका छन् । बाहिरबाट आएका बिरामीहरुको उपचार रगतका कारण रोकिन थालेको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिदैं आईएको छ ।

यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पुर्‍याउन कठिन भएको उनेले बताए । क्यान्सरका बिरामीहरुलाई धेरै रगतको आवश्यक पर्दछ ।

यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ ।  रक्तदानका कार्यक्रमहरु नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट  २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा...
नक्कली औषधि भेटिएपछि  एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

नक्कली औषधि भेटिएपछि एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटक्याप्स नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि...
ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

एसएचए २२७ जहाजको ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिए ।