नेभिगेशन
सबै कुरा

कोरियन भाषा परीक्षाका लागि १ लाख ४४ हजार जनाले आवेदन दिए

काठमाडौँ । कोरियन भाषा परीक्षा (इपीएस)का लागि अहिलेसम्मकै धेरै आवेदन परेका छन् । शुक्रबार रातिसम्म आवेदन दिनेको संख्या करिब १ लाख ४४ हजार रहेको छ । 

वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् । 

Dish Home
Global Ime Bank

पुस गतेदेखि आवेदन खुल्ला गरिएपनि शुक्रबार आवेदनका लागि अन्तिम दिन थियो । इपिएस शाखाका अनुसार अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएकाले अहिलेसम्मकै बढी आवेदन परेको हो । 

अहिले आवेदन दिएका र यस अघि गत साउनको भाषा परिक्षामा अनुत्तीर्ण भएकाहरु समेत परिक्षामा सहभागी हुन पाउने भएकाले भाषा परिक्षामा सहभागी हुनेको संख्या करिब १ लाख ७५ हजार पुग्ने छ । 

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक बर्षभित्र लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताएका छन् ।
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी

संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् ।
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता

तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ ।
अन्तरजातीय विवाहको चोट खेपिरहेकी मनिका, गाउँबाट निकाला, श्रीमानकाे दाेस्राे बिहे

अन्तरजातीय विवाहको चोट खेपिरहेकी मनिका, गाउँबाट निकाला, श्रीमानकाे दाेस्राे बिहे

असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल...

भर्खरै