नेभिगेशन
सबै कुरा

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

कृष्णनगर  । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन् । महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाराजगञ्ज नगरपालिकाको आयोजना तथा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दिउँसोसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए । 

Ncell
Extreme Energy

शिविरमा आएका पाँच सय चार जनालाई चस्मा वितरण र एक सय ७२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । 

शिविरमा मधुमेहका बिरामीका साथै अन्यलाई पनि  निःशुल्क औषधि वितरण गरिएको थियो । महाराजगञ्ज नगरपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...