नेभिगेशन
सबै कुरा

हिटर र कोइला बालेर सुत्दा पतिको मृत्यु, पत्नी बेहोस

काभ्रे : कोठामा विद्युतीय हिटर र कोइला बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ भने पत्नी बेहोस अवस्थामा फेला परेकी छिन् ।

गएराती आफ्नै घरमा  हिटर र कोइला बालेर सुतेका ८२ वर्षीय कर्मा ग्याल्बो लामा आज बिहान ओछ्यानमै मृत फेला परेका हुन्। उनकी ८१ वर्षीया पत्नी असनी लामा बेहोस अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बिहान ढिलासम्म नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबैलाई बेहोस अवस्थामा फेला पारेपछि उनीहरुलाई धुलीखेल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ ल्याल्बोलाई चिकित्सकले मृत घोषणा गरेको हो ।

बेहोस अवस्थामा अस्पताल पुर्याइएकी असनी लामाको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको पाइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिवि शिक्षण अस्पतालको  आकस्मिक कक्षमा १५ शय्या थप

त्रिवि शिक्षण अस्पतालको  आकस्मिक कक्षमा १५ शय्या थप

अस्पतालका निर्देशक प्रा डा सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको र अब बिरामीले महङ्गो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने बाध्यता नरहने बताए ।
न्यायाधीशलाई मोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले गर्यो सम्मान

न्यायाधीशलाई मोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले गर्यो सम्मान

गत २९ जेठमा न्यायाधीशको कार्यकक्षमै पुगेर पार्टीका कार्यकर्ताहरू अभिनाश कुँवर, पदम मगर र गर्भू महतोल मोसो छ्यापेका थिए । उनीहरु करिब एक महिना हिरासत बसेर धरौटीमा छुटेका थिए...
पहिचानविनै अहिले बनेका सात वटै प्रदेश काम लाग्दैनन्, भत्काउँः उपेन्द्र यादव

पहिचानविनै अहिले बनेका सात वटै प्रदेश काम लाग्दैनन्, भत्काउँः उपेन्द्र यादव

उनले अहिलेको निर्वाचन प्रणालीले सवैको प्रतिनिधित्व हुन नसक्ने भएकाले त्यसका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने बताएका थिए ।
जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

भण्डारीका अनुसार जबजले माक्र्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै नेपालको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धाको विशिष्ट...