नेभिगेशन
सबै कुरा

नारायणगढ-बुटवल सडकखण्डमा रास्वपाको पैदल यात्रा चोरमारा पुग्याे

काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको दबाब पैदल यात्राले ५५ किलोमिटर पार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति रवि लामिछाने सहितको टोलीले पहिलोदिन गैँडाकोटबाट कावासोतीको डण्डा बजार पुगेको थियो । दोस्रो दिन डण्डा बजारबाट अघि बढेको टोली अहिले चोरमारा पुगेको छ । विहिबारसम्म ११४ किलोमिटर पार गर्दै बुटवल पुग्ने रास्वपाको योजना छ । 

Ncell
Extreme Energy

पटक पटक म्याद थप गर्ने तर निर्माणलाई गति नदिने देखिएकाले सडकबाटै दबाब दिन पैदल यात्रा चलाएको सभापति लामिछानले बताए । 

दबाब यात्रामा सभापति लामिछाने सहित रास्वपाका सांसद, नेता कार्यकर्ता र सर्वसाधारणको सहभागि छन् । 

२४ माघ ०७५ मा एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको बुटवल–नारायणगढ सडक विस्तारको प्रगति अहिलेसम्म करिब ४३ प्रतिशतमात्रै भएको छ । २०७९ साउनमै निर्माण सम्पन्न  हुनु पर्ने सडक दुई पटक  म्याद थप हुँदा पनि निर्माण भएको छैन । 

निर्माणका लागि भत्काइएको सडकको  धुलो र खाल्डाखुल्डीले राजमार्गमा यात्रा  गर्नेहरुले सास्ती भोग्दै आएका छन् भने राजमार्ग छेउका बस्ती धुलाम्मे छन् । 

अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको ‘ग्रिनरी’सहित बनाउन लागिएको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । यो सडक निर्माणमा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी छ । यो सडकले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।