नेभिगेशन
सबै कुरा

रुसी सेनामा एक सय नेपाली घाइते र हराएका छन् : परराष्ट्रमन्त्री साउद

काठमाडाैँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा एक सय नेपाली घाइते र हराएको उजुरी आएको बताएका छन्।

‘सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन् । यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पु¥याउनका लागि स्पष्ट सन्देश दिएका छौँ ।’उनले थपे, ‘मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’

त्यस्तै उनले रुसी सेनामा भर्तीका लागि नेपाली नजाउन भन्ने उद्धेश्यले सरकारले नो अब्जेक्सन सर्टिफिकेटको अवधारणा ल्याएको समेत बताए । ‘रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन  सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरेका छौँ ।दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएका छौँ । यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौँ ।’, मन्त्री साउदले भने । 

त्यस्तै उनले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको जीवन सुरक्षित रहेको बताएका छन् । त्यस्तै आउँदो युद्धविराममा विपिन जोशीलाई छुटाउन सफल हुनेमा आफ्नो दृढ विश्वास रहेको उनले बताए ।  ‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु ।’, उनले थपे, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ ।’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त प्रकरणलाई गम्भीर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्दै तुरुन्त एक्सन लिनुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरले आज २५ अर्ब हाराहारीको बजेट ल्याउने

काठमाडौँ महानगरले आज २५ अर्ब हाराहारीको बजेट ल्याउने

काठमाडौँ महानगरपालिकाले २५ अर्बको सीमामा रहेर बजेट ल्याउने गरि सीमा निर्धारण गरेको छ। शुक्रबारको बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गरिने...
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।