नेभिगेशन
सबै कुरा
रास्वपाकाे दबाब यात्रा :

जनतालाई धुलो खुवाउनेलाई धुलो चटाउँछौँ : रवि लामिछाने (भिडियो सहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ बुटवल सडकखण्डलाई देश कसरी बर्बाद भएको छ भन्ने विषयको ऐना भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पटक पटक म्याद थप हुँदा पनि स्तरोन्नतीको कार्यले पूर्णता पाउन नसेकेको नारायणगढ बुटवल सडकखण्डमा हिँडेर दबाब यात्रा गरेका सभापति लामिछानेले यात्राको अन्त्यलाई सम्बोधन गर्दै आफूहरुले यात्राका क्रममा कति दुख कष्ट भोगियो त्यो आफूहरुलाई मात्र थाहा भएको तर त्यो पीडा र सास्ती त्यहाँका नागरिकले वर्षौँदेखि भोग्दै आएका बताएका हुन् ।  

Ncell
Extreme Energy


'‘मेरा खुट्टामा कति फोका उठेका छन्, कति फोका उठेर फुटे । यहाँ खुट्टा कसरी सुन्निएको छ । शरिर कति दुखेको छ, त्यो हामीलाई व्यक्तिगत रुपमा महसुस भएको छ, मात्र तीन दिनमा । वर्षौँदेखि यहाँका जनताले यो दुखः र कष्ट भोगेका छन् । यो उनीहरुमाथि गरिएको चरम अपराध हो ।'’, उनले थपे, ‘'राज्यले, सम्बन्धित निकायहरुले, सबै मिलेर यो बाटो प्रयोग गर्ने यात्रुहरु, बासिन्दा र स्थानीय व्यवसायीहरुलाई दिएको एउटा  यातना हो । एउटा युगलाई दिइएको अपराध हो । एउटा पुस्तामाथि अपराध गरिएको छ ।’'

त्यस्तै उनले आफूहरुको राजनीति धुलो उडाएर जनतालाई सास्ती दिएर गर्नलाई नभई जनताले कस्तो पीडा पाएको छन् र त्यो पीडा सम्बोधन गर्न के गर्नुपर्छ भन्नेमा समेत केन्द्रित रहेको बताएका छन् ।

उनले वर्षौँदेखि बाटो नबनाएर जनतालाई धुलो खुवाउने सरकार र सम्बन्धित निकायलाई अब आफूहरु सँधै धूलो खाएर हिँडन् नसक्ने बरु कहिले बन्छ भनेर टुंगो नदिनेलाई उल्टै धूलो चटाउने बताएका छन् । 

''ज-जसले यहाँ काग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको छ । सरकार, सरोकारवाला, ठेकेदार कम्पनी सबैलाई भन्न चाहान्छु, कुनै पनि हातलमा समय निर्धारण गरेर, कहिलेसम्म यो बाटो गुणस्तरिय बन्छ भन्ने कुरा अब बताइएन भने, हामी सँधै बाटोमा धूलो खाएर हिँड्दैनौँ । तपाईँहरुलाई धूलो चटाउँछौँ ।'',उनले भने ।

दबाब यात्राका लागि रास्वपाले चितवनको पुल्चोकदेखि बुटवलसम्म ३ दिनसम्म हिँडेर १ सय १३ किलोमिटर यात्रा गरेको हो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...