नेभिगेशन
सबै कुरा
रास्वपाकाे दबाब यात्रा :

जनतालाई धुलो खुवाउनेलाई धुलो चटाउँछौँ : रवि लामिछाने (भिडियो सहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ बुटवल सडकखण्डलाई देश कसरी बर्बाद भएको छ भन्ने विषयको ऐना भएको बताएका छन् । 

पटक पटक म्याद थप हुँदा पनि स्तरोन्नतीको कार्यले पूर्णता पाउन नसेकेको नारायणगढ बुटवल सडकखण्डमा हिँडेर दबाब यात्रा गरेका सभापति लामिछानेले यात्राको अन्त्यलाई सम्बोधन गर्दै आफूहरुले यात्राका क्रममा कति दुख कष्ट भोगियो त्यो आफूहरुलाई मात्र थाहा भएको तर त्यो पीडा र सास्ती त्यहाँका नागरिकले वर्षौँदेखि भोग्दै आएका बताएका हुन् ।  

Dish Home
Global Ime Bank


'‘मेरा खुट्टामा कति फोका उठेका छन्, कति फोका उठेर फुटे । यहाँ खुट्टा कसरी सुन्निएको छ । शरिर कति दुखेको छ, त्यो हामीलाई व्यक्तिगत रुपमा महसुस भएको छ, मात्र तीन दिनमा । वर्षौँदेखि यहाँका जनताले यो दुखः र कष्ट भोगेका छन् । यो उनीहरुमाथि गरिएको चरम अपराध हो ।'’, उनले थपे, ‘'राज्यले, सम्बन्धित निकायहरुले, सबै मिलेर यो बाटो प्रयोग गर्ने यात्रुहरु, बासिन्दा र स्थानीय व्यवसायीहरुलाई दिएको एउटा  यातना हो । एउटा युगलाई दिइएको अपराध हो । एउटा पुस्तामाथि अपराध गरिएको छ ।’'

त्यस्तै उनले आफूहरुको राजनीति धुलो उडाएर जनतालाई सास्ती दिएर गर्नलाई नभई जनताले कस्तो पीडा पाएको छन् र त्यो पीडा सम्बोधन गर्न के गर्नुपर्छ भन्नेमा समेत केन्द्रित रहेको बताएका छन् ।

उनले वर्षौँदेखि बाटो नबनाएर जनतालाई धुलो खुवाउने सरकार र सम्बन्धित निकायलाई अब आफूहरु सँधै धूलो खाएर हिँडन् नसक्ने बरु कहिले बन्छ भनेर टुंगो नदिनेलाई उल्टै धूलो चटाउने बताएका छन् । 

''ज-जसले यहाँ काग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको छ । सरकार, सरोकारवाला, ठेकेदार कम्पनी सबैलाई भन्न चाहान्छु, कुनै पनि हातलमा समय निर्धारण गरेर, कहिलेसम्म यो बाटो गुणस्तरिय बन्छ भन्ने कुरा अब बताइएन भने, हामी सँधै बाटोमा धूलो खाएर हिँड्दैनौँ । तपाईँहरुलाई धूलो चटाउँछौँ ।'',उनले भने ।

दबाब यात्राका लागि रास्वपाले चितवनको पुल्चोकदेखि बुटवलसम्म ३ दिनसम्म हिँडेर १ सय १३ किलोमिटर यात्रा गरेको हो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...
टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

भिडियोमार्फत घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेको भन्दै उनलाई १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग गरिएको थियो ।
श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ ।
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।