नेभिगेशन
बजार

पेट्रोलियम आयातमा १५ दिनमा झण्डै १२ अर्ब घाटा, यातायातमा जोर–बिजोरको सम्भावना

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा पछिल्ला १५ दिनमा मात्रै ११ अर्ब ७२ करोड घाटा लागेको जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भनिन्– ‘हालको संरचनामा बिकी गर्दा नेपाल सरकारलाई पन्ध्र दिनमै समग्र घाटा करिब ११ अर्ब ७२ करोड पुग्ने अवस्था छ। यो सानो रकम होइन।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावलका अनुसार पछिल्लो पन्ध्र दिनमा पेट्रोल ३४ हजार किलोलिटर, डिजेल ८३ हजार किलोलिटर, मट्टितेल ८६५ किलोलिटर, आन्तरिक हवाई इन्धन २ हजार ६१५ किलोलिटर, बाह्य हवाई इन्धन ५ हजार ८९२
किलोलिटर र एलपी ग्यास १५ लाख २२ हजार ४४४ सिलिन्डर बिकी भएको छ ।

Ncell
Extreme Energy

सरकारले भनेको छ– ‘यो समस्या केवल मूल्यको होइन, आपूर्ति शृंखला, कर, लागत, खपत र व्यवस्थापनको संयुक्त समस्या हो। यसैले नेपाल सरकार केही निर्णयसहित अगाडि बढेको छ ।’

निरन्तर मूल्य वृद्धि भइरहेपछि त्यसलाई नियन्त्रण गर्न पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महशुलतर्फ पूर्वाधार विकास करमा ५०% प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय बजार मूल्य र नेपालले गर्ने खरिद मूल्यका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो समय मूल्य समायोजनकै क्रममा इन्धनको मूल्य वृद्धि भएको हो । मन्त्री रावलले भनिन्– मूल्य समायोजनको वाध्यता छ. सरकारले यो तथ्य लुकाउँदैन, त्यसैले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ ।

इन्धनको मूल्यमा देखिएको दबाबका कारण सरकारले खपतमै नियन्त्रण गर्ने योजना अगाडि सारेको छ । सोही अनुसार नै यसअघिकै मन्त्रिपरिषदले आइतबार पनि सार्वजनिक बिदा दिने शैक्षिक सत्र वैशाख १५ बाट सुरु गर्ने, थोक बिकी नियन्त्रण गर्ने र उच्च पदस्थको इन्धन कोटा कटौतीको निर्णय गरिसकेको छ ।

योसँगै दीर्घकालीन रूपमा विद्युतीय गाडी रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको बताउँदै मन्त्री रावलले सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन पनि आग्रह गरेको पनि जानकारी दिइन् । उनले भनिन्– सरकार जनतासँग कार पुलिङ, वर्क–फ्रम–होमका लागि आग्रह गर्दछ ।

अर्को विकल्प जोर–बिजोर प्रणाली

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने योजनालाई विकल्पका रुपमा राखेको छ ।

आवश्यक परे आवश्यक परे जोर–बिजोर प्रणाली लागू हुनेछ, मन्त्री रावलले मन्त्रिपरिषद् बैठकपछि भनिन् । उनले थपिन्– इथानोल नीति तयारीमा छ र ईभी पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध छ।

सरकारले इन्धनका विषयमा उत्पन्न समस्याप्रति संयमित हुन सबैलाई आग्रह गरेको छ । सरकारले भनेको छ– ‘जनताको पीडा पनि बुझ्छ। ऊर्जा बचत गरौं, संयमित बनौं, सँगै उभिऔं।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड...
ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

सरकारले ग्यासको अभाव नरहेको बताए पनि उपभोक्ताले भने सहजरुपमा पाएका छैनन् ।