नेभिगेशन
बैंक वित्त

मध्यपूर्व युद्धको प्रभाव मूल्याङ्कन गर्दै भारतद्वारा ब्याज दर स्थिर

भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा भइरहेको युद्धको संभावित प्रभाव मूल्याङ्कन गर्दै बुधबार ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई)का गभर्नर सञ्जय मल्होत्राले ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरीद दर अपरिवर्तित रहने जानकारी दिए ।

आरबिआईको छ सदस्यीय मौद्रिक नीति समिति (एमपिसी) को सर्वसम्मतिले यो निर्णय गरेको हो । मल्होत्राले मौद्रिक नीति समितिले मुद्रास्फीतिको जोखिमलाई ध्यानमा राखेको तर अर्थव्यवस्थाको आधारभूत तथ्यहरूले हालको चुनौतीहरू सामना गर्न पर्याप्त लचिलोपन दिएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेब्रुअरी २८ देखि सुरु भएको इरान युद्धले भारतीय रुपैयाँको मूल्यमा दबाब र मुद्रास्फीतिको जोखिम बढाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मङ्गलबार घोषणा गरिएको दुई हप्ताको युद्धविराम र होर्मुज स्ट्रेट पुनः खोलिने सङ्केतले इन्धनको दबाब कम गर्न र खाद्य तथा ऊर्जा आपूर्तिमा स्थिरता ल्याउने सम्भावना छ ।

Ncell
Extreme Energy

आरबिआईले पछिल्ला हप्ताहरूमा मुद्रा बजारमा सट्टेबाजी नियन्त्रण गर्न कठोर कदम चालेको छ, जसले रुपैयाँको कमजोर अवस्थालाई केही सुधार गरेको छ । नोमुरा बैंकका विश्लेषकहरूले भारतलाई मध्यपूर्व ऊर्जा मूल्यको आघात भोग्न सबैभन्दा संवेदनशील अर्थतन्त्रमध्ये एकको रूपमा मूल्याङ्कन गरेका छन् ।

विश्लेषकहरूले फेब्रुअरीमा आरबिआईले सञ्चयी १२५ आधार अङ्कले ब्याज दर घटाएपछि, यसपटक स्थिर राख्ने निर्णय अपेक्षित भनि बताएका थिए । गभर्नर मल्होत्राले भने, “परिस्थितिको परिवर्तन र वृद्धि–मुद्रास्फीतिको दृष्टिकोण हेर्दै मौद्रिक नीति स्थिर राख्नु नै उचित ठहरियो ।”

मध्यपूर्वमा आफ्नो तेल र तरलीकृत पेट्रोलियम ग्यासको ठूलो हिस्सा निर्भर रहेको भारतले यस कदममार्फत अर्थव्यवस्थामा स्थिरता कायम राख्न खोजेको छ । विश्लेषकहरूले विदेशी लगानीकर्ताहरूलाई भरोसा दिन र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता कम गर्न यस निर्णयलाई सकारात्मक मूल्याङ्कन गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही हुन्छ, ओपिडी खोल्नू

स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही हुन्छ, ओपिडी खोल्नू

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा भएका कुटपिट एवम् दुर्व्यवहारका घटनाका दोषीलाई कारवाहीको दायरमा ल्याइने भन्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवा नरोक्न आग्रह गरेको हो ।
मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने

मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोलानजिकै सुख्खा पहिरो जाँदा सडक दुईतर्की अवरुद्ध भएको छ । उक्त खण्डमा मंगलबार बिहान सुख्खा पहिरो खसेको हो ।
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा  बुबा र छोरीको मृत्यु भएको छ ।
बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

अध्ययन बिदा तथा अन्य बिदा सकिएपछि पनि कार्यालय नआउने तर तलबभत्ता खाने सरकारी कर्मचारीप्रति सरकार निर्मम बनेको छ ।