नेभिगेशन
सबै कुरा

अराजक बन्दै धरानका मेयर हर्क साम्पाङ,कार्यकक्षमा राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो टाँसे

विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले विहिबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टाँसेका छन् । 

Ncell
Extreme Energy

उनले हिजोनै फेसबुकमा स्टेटस राख्दै किराँती राजा यलम्बरको फोटो राख्ने बताएका थिए  । उनले लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु  जय देश ।’ निरन्तर  विवादित स्टेटस राख्दै आएका  मेयर साम्पाङले धरानलाई स्वतन्त्र राज्य बनाउने समेत लेखेका छन्  । 

उनले, ‘धरानलाई कि त विकास देऊ नत्र स्वयत्तता देऊ  स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई१ स्वतन्त्र राज्य बनाउन नपरोस् १ बिचार चोङ्गे १’।

उनले संघलाई नमान्ने देखि संविधानका बारेमा समेत अपाच्य शब्द लेखेका छन् । तीन दिनअघि साम्पाङले लेखेको स्टाटस छ, ‘विकासको केन्द्रबिन्दुमा धरानलाई पारिन्न भने सरकारलाई मानिरहनुपर्छ भन्ने केही छैन ।’ 

यति मात्रै होइन उनले जनजातिलाई मुलवासी भन्नु पर्ने नभए भेट्ने भन्दै धम्कि  दिएका छन् । उनले लेखेका छन् ‘जनजाति होइन, मुलवासी भन । नत्र भेट्लास् ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।