नेभिगेशन
सबै कुरा

अराजक बन्दै धरानका मेयर हर्क साम्पाङ,कार्यकक्षमा राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो टाँसे

विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले विहिबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टाँसेका छन् । 

Ncell
Extreme Energy

उनले हिजोनै फेसबुकमा स्टेटस राख्दै किराँती राजा यलम्बरको फोटो राख्ने बताएका थिए  । उनले लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु  जय देश ।’ निरन्तर  विवादित स्टेटस राख्दै आएका  मेयर साम्पाङले धरानलाई स्वतन्त्र राज्य बनाउने समेत लेखेका छन्  । 

उनले, ‘धरानलाई कि त विकास देऊ नत्र स्वयत्तता देऊ  स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई१ स्वतन्त्र राज्य बनाउन नपरोस् १ बिचार चोङ्गे १’।

उनले संघलाई नमान्ने देखि संविधानका बारेमा समेत अपाच्य शब्द लेखेका छन् । तीन दिनअघि साम्पाङले लेखेको स्टाटस छ, ‘विकासको केन्द्रबिन्दुमा धरानलाई पारिन्न भने सरकारलाई मानिरहनुपर्छ भन्ने केही छैन ।’ 

यति मात्रै होइन उनले जनजातिलाई मुलवासी भन्नु पर्ने नभए भेट्ने भन्दै धम्कि  दिएका छन् । उनले लेखेका छन् ‘जनजाति होइन, मुलवासी भन । नत्र भेट्लास् ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...