नेभिगेशन
समाज

कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

उदयपुर । कटारी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको पोशाकमा एकरूपता कायम गर्ने निर्णय गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत राजन थापाले जारी गरेको सूचनाअनुसार आगामी शैक्षिक सत्र २०८३ देखि विद्यार्थी पोशाकमा समान मापदण्ड लागू हुने भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही निर्णयअनुसार हाल कायम रहेको पोशाक खरिद नगर्न अभिभावक तथा सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ।

Ncell
Extreme Energy

नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले यो निर्णयले विद्यालयहरूबीच एकरूपता ल्याउने र अभिभावकहरूको अनावश्यक आर्थिक भार घटाउने बताएका छन्। 

“विद्यालयहरूबीच भिन्नभिन्न खालको पोशाकका कारण अभिभावकहरूलाई थप आर्थिक बोझ परिरहेको थियो। एकरूप पोशाकले यसलाई न्यूनीकरण गर्नुका साथै विद्यार्थीहरूमा समानताको भावना विकास गर्नेछ,” उनले भने।

नगर प्रमुख श्रेष्ठका अनुसार यो नीतिले स्थानीय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, अनुशासित र समान बनाउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति,  बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै...
बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।