नेभिगेशन
सबै कुरा

मन्त्रिपरिषद् बैठक बस्दै, सचिवालय हेरफेरकबारे छलफल हुने

काठमाडौँ । आज ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । उक्त बैठकमा सचिवालय हेरफेरका विषयमा छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री पुष्यपकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारी संरचना सुधार गर्ने र त्यसको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै हुने बताएका थिए । त्यस्तै उद्योग मन्त्रालयमा भएको छलफलमा पनि प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने बताएका थिए । 

Dish Home
Global Ime Bank

सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको बालुवाटार स्रोतको  दाबी छ तर सबैभन्दा धेरै प्रश्न उठेको आफ्नै छोरी गंगा भने हट्ने छैनन् ।

अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार सचिवालयमा ४ जना स्वकीय सचिवालयमा ३१ जना र निजी सचिवालमा ४ जना गरी ३९ जना छन् । 

हाल प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा गोविन्द आचार्य प्रेस सल्लाहकार, देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार, रामदीप आचार्र्य प्रशासन सल्लाहकार र रूपक सापकोटा परराष्ट्र सल्लाहकारकारुपमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले राजिनामा दिइसकेका छन् । 

यस्तै प्रमुख स्वकीय सचिवमा माओवादी केन्द्रीय सदस्य सन्तकुमार दरै, स्वकीय सचिवमा गंगा दाहाल र रमेश मल्ल रहेका छन् । यस्तै स्वकीय सहचिवमा गोकर्णप्रसाद भट्ट, नारायणप्रसाद ढुंगाना, शिवबावु खकुराल, मनहरि शर्मा र बुद्धिबहादुर घर्ती रहेका छन् । 

यस्तै स्वकीय उपसचिवमा रमेशप्रसाद गुरागाईं, प्रकाश राय, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ रहेका छन् । यस्तै स्वकीय शाखा अधिकृतमा ५ जना रहेका छन् भने थप ८ जना समेत सचिवालयमा नियुक्त छन् । 

विकास व्यवस्थापन विज्ञकारुपमा  पपुलर जेन्टल छन् भने दीपेन्द्र खड्का जनस्वास्थ्य विज्ञकारुपमा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...
टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

भिडियोमार्फत घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेको भन्दै उनलाई १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग गरिएको थियो ।
श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ ।
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।