नेभिगेशन
सबै कुरा

मन्त्रिपरिषद् बैठक बस्दै, सचिवालय हेरफेरकबारे छलफल हुने

काठमाडौँ । आज ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । उक्त बैठकमा सचिवालय हेरफेरका विषयमा छलफल हुने बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री पुष्यपकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारी संरचना सुधार गर्ने र त्यसको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै हुने बताएका थिए । त्यस्तै उद्योग मन्त्रालयमा भएको छलफलमा पनि प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने बताएका थिए । 

Ncell
Extreme Energy

सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको बालुवाटार स्रोतको  दाबी छ तर सबैभन्दा धेरै प्रश्न उठेको आफ्नै छोरी गंगा भने हट्ने छैनन् ।

अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार सचिवालयमा ४ जना स्वकीय सचिवालयमा ३१ जना र निजी सचिवालमा ४ जना गरी ३९ जना छन् । 

हाल प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा गोविन्द आचार्य प्रेस सल्लाहकार, देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार, रामदीप आचार्र्य प्रशासन सल्लाहकार र रूपक सापकोटा परराष्ट्र सल्लाहकारकारुपमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले राजिनामा दिइसकेका छन् । 

यस्तै प्रमुख स्वकीय सचिवमा माओवादी केन्द्रीय सदस्य सन्तकुमार दरै, स्वकीय सचिवमा गंगा दाहाल र रमेश मल्ल रहेका छन् । यस्तै स्वकीय सहचिवमा गोकर्णप्रसाद भट्ट, नारायणप्रसाद ढुंगाना, शिवबावु खकुराल, मनहरि शर्मा र बुद्धिबहादुर घर्ती रहेका छन् । 

यस्तै स्वकीय उपसचिवमा रमेशप्रसाद गुरागाईं, प्रकाश राय, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ रहेका छन् । यस्तै स्वकीय शाखा अधिकृतमा ५ जना रहेका छन् भने थप ८ जना समेत सचिवालयमा नियुक्त छन् । 

विकास व्यवस्थापन विज्ञकारुपमा  पपुलर जेन्टल छन् भने दीपेन्द्र खड्का जनस्वास्थ्य विज्ञकारुपमा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...