नेभिगेशन
सबै कुरा

संघीयता कार्यान्वयनमा केन्द्र सरकारले आनाकानी गरेको भन्दै दबाद सिर्जना गर्न सातै प्रदेशमा मुख्यमन्त्री हेटौँडामा

संघीयता कार्यान्वयनका विषयमा केन्द्र सरकारलाई दबाद दिन सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैलीले निरन्तरता पाएको भन्दै शुक्रबार उनीहरु दबाब सिर्जना गर्न हेटौँडामा भेला भएका हुन् । 

Ncell
Extreme Energy

सङ्घीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेर प्रदेशलाई असहयोग गरेको उनीहरुको आरोप छ ।

संघ सरकारले संविधानले उल्लेख गरेको अधिकार दिन आनाकानी गरेको र प्रदेश र स्थानीय तहको अधिकारलाई कटौती गर्दै विधेयकहरु धमाधम पेश गर्न थालेको भन्दै उनीहरु भेला भएका हुन् । 

गत असार १५–१६ गते पोखरामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलाले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानून निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकार प्रत्यायोजन गर्नेलगायतका निर्णय गरेको थियो । तर समयसिमा सकिन २ दिन बाँकी रहँदासमेत सरकारले निर्णय कार्यान्वयनमा आनाकानी गरेको भन्दै दबाब सिर्जना गर्न उनीहरु भेला भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...