नेभिगेशन
समाज

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

काठमाडौँ । विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले म्याद थप गरेको हो । 

विभागबाट अनुसन्धानको लागि ३० दिनको म्याद माग भएकोमा अदालतले ७ दिन थपेको हो । भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने अग्रवाल चैत २१ गते पक्राउ परेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर कुमार शर्मा र भावेश गौतमले बहस गरेको थिए । 

Ncell
Extreme Energy

म्याद थप गर्ने आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनमा आरोपितहरुलाई ३० दिन हिरासतमा राखी थप अनुसन्धान गर्नका लागी म्याद थपको माग गरेको देखियो। अनुसन्धान गर्ने निकायको तर्फबाट उपस्थित अनुसन्धान अधिकृतले प्रस्तुत मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धिकरणको कसूरमा जोडिएको बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसूरको अनुसन्धान गर्न, राय प्रतिवेदन तयार गर्नको लागि म्याद थप आवश्यक परेको भनी माग गरेको देखिँदा बाँकी अनुसन्धान कार्य पुरा गरी, राय प्रतिवेदन तयार गरी अभियोगपत्र समेत दायर गर्ने प्रयोजनका लागि आरोपिहरु दिपक भट्ट र सुलभ अग्रवाललाई मिति २०८३र१र९ गते देखि लागू हुने गरी सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिड) निवारण ऐन, २०६४ को दफा १७ को उपदफ़ा (४०)समेतका आधारमा दिन ७(सात) म्याद थप गरिदिएको छ । कानुन कमोजिम गर्नु ।'


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...
ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।