नेभिगेशन
समाज

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

काठमाडौँ । विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले म्याद थप गरेको हो । 

विभागबाट अनुसन्धानको लागि ३० दिनको म्याद माग भएकोमा अदालतले ७ दिन थपेको हो । भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने अग्रवाल चैत २१ गते पक्राउ परेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर कुमार शर्मा र भावेश गौतमले बहस गरेको थिए । 

Ncell
Extreme Energy

म्याद थप गर्ने आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनमा आरोपितहरुलाई ३० दिन हिरासतमा राखी थप अनुसन्धान गर्नका लागी म्याद थपको माग गरेको देखियो। अनुसन्धान गर्ने निकायको तर्फबाट उपस्थित अनुसन्धान अधिकृतले प्रस्तुत मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धिकरणको कसूरमा जोडिएको बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसूरको अनुसन्धान गर्न, राय प्रतिवेदन तयार गर्नको लागि म्याद थप आवश्यक परेको भनी माग गरेको देखिँदा बाँकी अनुसन्धान कार्य पुरा गरी, राय प्रतिवेदन तयार गरी अभियोगपत्र समेत दायर गर्ने प्रयोजनका लागि आरोपिहरु दिपक भट्ट र सुलभ अग्रवाललाई मिति २०८३र१र९ गते देखि लागू हुने गरी सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिड) निवारण ऐन, २०६४ को दफा १७ को उपदफ़ा (४०)समेतका आधारमा दिन ७(सात) म्याद थप गरिदिएको छ । कानुन कमोजिम गर्नु ।'


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...