नेभिगेशन
समाज

सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली, सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

काठमाडौँ । सरकारले सहकारी पीडितहरुको बचत रकम फिर्ताका लागि नयाँ कार्यविधि ल्याएको छ । सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३ ल्याएको हो । उक्त कार्यविधि नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ । 

रास्वपाले चुनावमा जानुअघि नै आफ्नो बाचापत्रमा सरकार बनेको १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता गर्ने बताएको थियो । करिब २ तिहाइ नजिकको जनमत प्राप्त गरेको रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेलगत्तै पहिलो दिन नै शासकीय सुधारका १०० बुँदा पारित भएको थियो । त्यसको ९९ औँ बुँदामा सहकारी पीडितका रकम फिर्ताको बारेमा उल्लेख छ । उक्त बुँदामा भनिएको छ, ‘सहकारीका साना बचतकर्ताहरुको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी मन्त्री प्रतिभा रावलले सुरुवाती दिनदेखि नै सहकारी पीडितका मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्दै आएकी छन् । सहकारी पीडितलाई भेटेर उनीहरुसँग सुझाव माग्नेदेखि विज्ञहरुसँग छलफल गरी समाधान निकाल्न उनले सक्रियता देखाएकी थिइन् । 

Ncell
Extreme Energy

फलस्वरुप उनले मन्त्रालय सम्हालेको ३० दिन नपुग्दै सहकारी पीडितका बचत फिर्ताको प्रक्रिया स्वरुप कार्यविधि पारित भई राजपत्रमा समेत प्रकाशन भइसकेको छ । 

राजपत्रमा प्रकाशन भएको कार्यविधिमा बचत फिर्ताको लागि चक्रीय कोष स्थापना गर्ने उल्लेख छ । कार्यविधिको बुँदा २ अनुसार बचतकर्ताको बचत फिर्ताको लागि कोष स्थापना गरिने छ । उक्त कोषमा सहकारीको सम्पत्ति, बचत, कर्जा वा शेयर रकम अपचलन वा हिनामिनामा संलग्न सञ्चालक, लेखा समिति, व्यवस्थापक, ऋण उपसमिति र त्यस्तो कार्य गर्ने अख्तियार प्राप्त व्यक्ति तथा जिम्मेवार व्यक्तिहरुको सम्पत्ति लिलाम बिक्री तथा निजहरुबाट असुल भएको रकम राखिनेछ । त्यस्तै सहकारी संस्थाको सोधभर्ना रकम र अन्य स्रोतबाट प्राप्त रकम उक्त कोषमा रहनेछ । 

यदि उक्त रकमबाट पनि बचतकर्ताको रकम फिर्ता गर्न अपुग भएमा सहकारीको रकम हिनामिनामा संलग्न व्यक्तिहरुको परिवारको कुनै सदस्यले अंशबण्डा गरी वा सम्बन्ध विच्छेद गरी अन्य कुनै कारणबाट सम्पत्ति हस्तान्तरण गरेको वा कम्पनीहरुमा लगानी गरेको अवस्थामा समितिले त्यस्तो सम्पत्तिसमेत रोक्का वा लिलाम बिक्री गरी कोषमा रकम दाखिला गर्नसक्ने उल्लेख छ । 

कोषमा रकम जम्मा भइसकेपछि सहकारी पीडितहरुको बचत फिर्ता गरिने छ। उक्त कार्यविधिको बुँदा नम्बर ५ मा बचत फिर्ताको प्रक्रिया उल्लेख छ । सहकारी ऐन २०७४ को दफा ११२ क. बमोजिम निवेदन पेस गरेको बचतकर्ताकहरुको बैंक खातामार्फत दोहोरो नपर्नेगरी बचत फिर्ता गर्न सक्ने उल्लेख छ । 

बचत फिर्ता गर्दा सहकारी समस्याग्रस्त घोषणा भएको मितिको अघिल्लो दिनसम्मको सहकारीबाट प्राप्त विवरण, अभिलेख वा कम्प्युटर प्रणलीमा देखिएको मौज्दात रकमलाई आधार मानिनेछ । 

सम्बन्धित सहकारीबाट ऋण लिएका बचतकर्ताले उक्त ऋण चुक्ता नगरेसम्म उनीहरुको बचत रकम फिर्ता हुने छैन । कानुन बमोजिम बचत फिर्ताको मागदाबी गरेका बचतकर्ताहरुको रकम फिर्ता नभएसम्म सहकारीका सञ्चालक, व्यवस्थापक, उनीहरुको एकाघरको परिवारका बचतकर्ता सदस्य र अपचलन वा दुरुपयोगमा संलग्न व्यक्तिहरुको रकम फिर्ता नहुने कार्यविधिमा उल्लेख छ । 

बचत फिर्ताको मागदावीको मुद्दा अदालतमा विचाराधीन रहेको देखिएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म त्यस्ता बचतकर्ताको बचत रकम फिर्ता हुने छैन । बचत फिर्ता गर्दा साना बचतकर्तालाई प्रथमिकता दिन सकिने कार्यविधिमा उल्लेख छ भने एकल महिला, ६० वर्ष माथिका ज्येष्ठ नागरिक, दलित तथा आदिवासी समुदाय र अपाङ्गता भएका वयक्तिहरुलाई प्राथमिकता दिइनेछ । 

कुनै सहकारीका ऋणी र बचतकर्ताले हिसाबमिलान गरी मेलमिलाप गर्न सहमत भई समितिमा निवेदन दिएमा ऋण  र बचतको हिसाब मिलान गरी फरफार गर्न सकिनेछ । 

चक्रीय कोषबाट हुने रकम व्यवस्थापन, फिर्ता प्रकृया र गुनासो लगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अनुगमन गर्न सक्नेछ भने यस कार्यविधि कार्यान्वयनमा कुनै द्विविधा भएमा समितिको सिफारिसमा बाधा अड्काउ फुकाउने अधिकार मन्त्रालयमा हुनेछ । 

यस्तो छ सहकारी पीडितको बचत फिर्ताको लागि बनेको कार्यविधि

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

“पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात...
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक...
ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

सरकारले ग्यासको अभाव नरहेको बताए पनि उपभोक्ताले भने सहजरुपमा पाएका छैनन् ।