नेभिगेशन
समाज

बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

काठमाडौं । बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।  पुलमा जाली राख्ने काम सकिएसँगै दुई दिनभित्र आवतजावत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन बृज डिभिजन, ललितपुरले पुलको बटारिएको लठ्ठा सिध्याउने, ‘साग सेटिङ’, ह्यान्ड रेल केबल परिवर्तन तथा नयाँ स्टिल डेक र बीम जडानको काम सम्पन्न गरेको हो।

Ncell
Extreme Energy

गत भदौ १० गतेको बाढीपछि रसुवा, नुवाकोट, धादिङ र आसपासका क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुल तथा वैकल्पिक आवागमनका साधन पुनःस्थापनाको काम अघि बढाइएको थियो।

बाढीपछि हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नुवाकोटको इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन सञ्चालनमा ल्याइएको छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड–६ र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेंसीमा तुइन सञ्चालनमा छन्।

थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा माइन एरिया परेकाले स्थान परिवर्तन गर्नुपर्ने भएको छ भने रसुवाको रुङ्गामा तुइन जडानका लागि रेकी भइरहेको छ।

१३ झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा

बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ। धादिङका कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान मास्टर, चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया र महादेवस्थान झोलुङ्गे पुल मर्मतको अन्तिम चरणमा छन्।

त्यस्तै नुवाकोट–धादिङ जोड्ने केउरेनी–गहते, पिमलटार–जागाराम र फोस्रेटार तथा नुवाकोटको जिलिङ, गोरखा–धादिङ जोड्ने बादरे र धवादीघाट झोलुङ्गे पुलको मर्मत कार्य पनि सम्पन्न हुने चरणमा पुगेको छ।

बाढीबाट क्षतिग्रस्त बाँकी सात वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि सुरु भइसकेको छ। ती पुलका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर प्रक्रिया अघि बढाइएको छ।

पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्सको पहिलो चरणको खरिद सम्पन्न भएको छ भने दोस्रो चरणमा आवश्यक पार्ट्स खरिदका लागि सम्झौता भइसकेको छ।

यसैगरी बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम तयारीमा पुगेको छ। डीपीआर तयार भएपछि ती पुलको पुनर्निर्माण प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकसमेत घाइते भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।
रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले सात वटा निर्णय गरेको छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।