नेभिगेशन
समाज

रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले सात वटा निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले भोटेकोशी विपद् व्यवस्थापन तथा राहतलगायत विषयमा निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यहरूले खोजी, उद्धार, राहत वितरण तथा पुनस्र्थापना र पुनर्निर्माणका कार्यहरूको बहुआयामिक पक्षहरूमा पार्टीलाई जानकारी गराएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

Ncell
Extreme Energy

उनका अनुसार बैठकले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याइ पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

दोस्रो निर्णय संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालको सहभागिताबारे छ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह जाँदैछन्।, परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिका प्रस्थान गरिसकेका छन्। नेपालको प्रतिनिधित्व गरेर जान लागेको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको खरेलले बताए।

तेस्रो निर्णय मधेश प्रदेश कार्यसम्पादन अडिटबारे छ।

पार्टीको मधेश प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा पार्टीका सह–महामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका छन्। यसको विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् पार्टीले आवश्यक थप रणनीतिक कदमहरू अगाडि बढाउने निर्णय गरेको खरेलले बताए।

चौथो निर्णयमा पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिइएको छ।

जसमा हरिचन्द्र भट्टराई, सुशीला सिंखडा, रामचन्द्र कार्की, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तोष बिसुङ्खे, श्वेता कुमारी सदस्य रहेका छन्

त्यसैगरी, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको छ। त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्कीलाई नियुक्त गरिएको छ। साथै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको खरेलले बताए।

हिजैको बैठकमा नव–मनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सह–प्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति रवि लामिछानेसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गनरेका थिए।
छैटौं निर्णयमा पार्टीका गतिविधिहरू पुनः सुचारु गर्ने उल्लेख छ।

‘भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुनुपरेकाले स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय भएको छ। यसअन्तर्गत ’हामी सुन्छौँ’ अभियान, ’नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रमहरू अब अविलम्ब अघि बढाइनेछन्,’ निर्णयमा भनिएको छ।

सातौं निर्णय अर्थमन्त्रीको भारत भ्रमणबारे थियो।

बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले भारत भ्रमणका क्रममा  गरेका  भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराएको प्रवक्ता खरेलले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने

बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ।  पुलमा जाली राख्ने काम सकिएसँगै दुई दिनभित्र आवतजावत सञ्चालनमा ल्याउने तयारी गरिएको...
त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकसमेत घाइते भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।