नेभिगेशन
समाज

त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकसमेत घाइते भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गरेको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको हो।

Marvel
Extreme Energy

कार्यालयका एसएसपी रमेशकुमार बस्नेतको संयोजकत्वमा गठित समितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रतिनिधि सदस्य छन्।

समितिले सोमबारदेखि नै काम थालेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाले जानकारी दिए।

सोमबार दिउँसो रिद्धिसिद्धी यातायातको बसका चालकलाई ट्राफिक प्रहरीले रोकेर चिट काट्न खोजेपछि विवाद भएको थियो। उक्त घटनाको भिडिओसमेत सार्वजनिक भएको छ।

सार्वजनिक भिडिओमा चालकले आफूले गल्ती नगरेको अवस्थामा पनि ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आपत्ति जनाएको देखिन्छ। उनले ट्राफिक प्रहरीले आफूलाई ‘जे गर्न सक्छस् गर’ भनेको पनि बताएका छन्।

विवादपछि आवेगमा आएका चालकले त्रिपुरेश्वरको बीच सडकमै बस तेर्स्याएका थिए। पछि अनुरोध गरेपछि उनले बसलाई बसस्टप छेउमा रोकेका थिए।

बसमा रहेका यात्रुहरूलाई ओरालेपछि चालकले बसमा आगो लगाएका थिए। आगजनी गर्ने क्रममा चालक लामा आफैं पनि घाइते भएका छन्।

घाइते लामालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनामा ट्राफिक प्रहरीसँग भएको विवाद, बसमा आगजनी गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो र घटनामा संलग्न पक्षको भूमिकालगायत विषयमा समितिले छानबिन गर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation