नेभिगेशन
समाज

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ। नेपालमा अहिले वर्षा जारी रहे पनि यसले ठूलो क्षति भने  नपुर्‍याएको मौसमविद् विनोद पोखरेलले बताएका छन् । तर आगामी असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म देशका धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलले सामाजिक सञ्जालमार्फत आगामी सेप्टेम्बर २४ देखि २८ सम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान सार्वजनिक गरेका हुन् । पूर्वदेखि पश्चिमसम्मका धेरै स्थान प्रभावित हुनसक्ने देखिए पनि कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन भइनसकेको उनले बताएका छन्।

Ncell
Extreme Energy

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।

सम्भावित वर्षालाई ध्यानमा राख्दै किसान, यात्रु तथा सर्वसाधारणलाई समयमै आवश्यक तयारी गर्न उनले आग्रह गरेका छन्। विशेषगरी किसानलाई अन्नबाली जोगाउन सम्भव तयारी गर्न उनले अनुरोध गरेका छन्।

‘अर्को हप्ता पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ,’ पोखरेलले भनेका छन्, ‘यो सूचना किसानसम्म पुर्‍याऔँ, ताकि अन्नबाली जोगाउन सम्भव तयारी गर्न सकियोस्।’

उनले सम्भावित मौसमजन्य जोखिमबाट जोगिन सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

भर्खरै