नेभिगेशन
सबै कुरा
बालकुमारी घटना :

बालकुमारी घटना छानबिन गर्न गृहले बनाएको समिति खारेज गर्दै प्रधानमन्त्री, मृतक परिवारको १२ बजेसम्म अल्टिमेटम

काठमाडाैँ । बालकुमारी घटनाको छानबिन गर्न गृहमन्त्रालयले बनाएको डिआइजी नेतृत्वको छानबिन समिति खारेज गर्न प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् ।

शनिवार साँझ मृतक सुजन रावत र विरेन्द्र शाहका आफन्तसँग भेटका क्रममा प्रधानमन्त्रीले गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज गरि न्यायिक छानबिन समिति बनाउने वचन दिएको हुन् । मृतक विरेन्द्रका बाबु टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवाल सहित पुगेको टोलीले  प्रधानमन्त्री प्रचण्डलाई   ११ बुँदे माग राखेका थिए ।

City Express

पहिलो बुँदानै शुक्रबारको घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समिति खारेज गरियोस र स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन समिति गठन गरियोस् भन्ने छ । उक्त माग प्रति प्रधानमन्त्रीले सहमति जनाएको मृतक सुजनका मामा टेकबहादुर रावतले सिधाकुरासँग भने ।

'गोली हान्न आदेश दिने र हान्नेहरुले वास्तविक छानबिन गर्न सक्दैनन् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौ', रावतले भने 'प्रधानमन्त्रीले सबैलाई समेटेर निष्पक्ष छानबिन समिति बनाउँछु भन्नु भयो'।

किष्ट अस्पतालमा भान्जाको शव कुरिरहेका रावतले भने 'प्रधानमन्त्री ज्यूलाई आज १२ बजेसम्मको अल्टिमेट दिएका छौँ । माग पुरा गर्छु भन्नु भएको छ '। साथै उनीहरूले तेस्रो बुँदामा मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

शहीद घोषणा गर्ने विषयमा पनि प्रधानमन्त्रीले हुन्छ भनेको टेकबहादुरले बताए । कर्णाली प्रदेशका केही सांसदहरू सहित पुगेका उनीहरूले मृतकका परिवारकालाई उचित क्षतिपूर्ति र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न पनि माग गरे ।

यस्तै आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्नु पर्ने, घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘संविधान मान्दैनौ राजा बाहेक जान्दैनौ’ भन्दै माइतीघरमा राजावादीको प्रदर्शन(तस्बिरहरु)

‘संविधान मान्दैनौ राजा बाहेक जान्दैनौ’ भन्दै माइतीघरमा राजावादीको प्रदर्शन(तस्बिरहरु)

राजावादी समूहले २०७२ को संविधान मान्दैनौ राजा बाहेक जान्दैनौ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै शुक्रबार राजावादीको समुहले माइतीघरमा प्रदर्शन गरेको छ ।
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य

उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताए ।  मुख्यमन्त्री आचार्यले भने, “संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई...
देउवाको टाउको र गर्धनमा चोट, अझै केहीदिन सेनाकै ब्यारेकमा रहने

देउवाको टाउको र गर्धनमा चोट, अझै केहीदिन सेनाकै ब्यारेकमा रहने

नेपाली सेनाले उद्धार गरी देउवा दम्पतीलाई शिवपुरी लगेर उपचारको व्यवस्था गरेको थियो। सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्थाको बारेमा शुक्रबार बसेको नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन...
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी...