नेभिगेशन
सबै कुरा
बालकुमारी घटना :

बालकुमारी घटना छानबिन गर्न गृहले बनाएको समिति खारेज गर्दै प्रधानमन्त्री, मृतक परिवारको १२ बजेसम्म अल्टिमेटम

काठमाडाैँ । बालकुमारी घटनाको छानबिन गर्न गृहमन्त्रालयले बनाएको डिआइजी नेतृत्वको छानबिन समिति खारेज गर्न प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिवार साँझ मृतक सुजन रावत र विरेन्द्र शाहका आफन्तसँग भेटका क्रममा प्रधानमन्त्रीले गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज गरि न्यायिक छानबिन समिति बनाउने वचन दिएको हुन् । मृतक विरेन्द्रका बाबु टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवाल सहित पुगेको टोलीले  प्रधानमन्त्री प्रचण्डलाई   ११ बुँदे माग राखेका थिए ।

Ncell
Extreme Energy

पहिलो बुँदानै शुक्रबारको घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समिति खारेज गरियोस र स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन समिति गठन गरियोस् भन्ने छ । उक्त माग प्रति प्रधानमन्त्रीले सहमति जनाएको मृतक सुजनका मामा टेकबहादुर रावतले सिधाकुरासँग भने ।

'गोली हान्न आदेश दिने र हान्नेहरुले वास्तविक छानबिन गर्न सक्दैनन् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौ', रावतले भने 'प्रधानमन्त्रीले सबैलाई समेटेर निष्पक्ष छानबिन समिति बनाउँछु भन्नु भयो'।

किष्ट अस्पतालमा भान्जाको शव कुरिरहेका रावतले भने 'प्रधानमन्त्री ज्यूलाई आज १२ बजेसम्मको अल्टिमेट दिएका छौँ । माग पुरा गर्छु भन्नु भएको छ '। साथै उनीहरूले तेस्रो बुँदामा मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

शहीद घोषणा गर्ने विषयमा पनि प्रधानमन्त्रीले हुन्छ भनेको टेकबहादुरले बताए । कर्णाली प्रदेशका केही सांसदहरू सहित पुगेका उनीहरूले मृतकका परिवारकालाई उचित क्षतिपूर्ति र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न पनि माग गरे ।

यस्तै आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्नु पर्ने, घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...