नेभिगेशन
सबै कुरा

बालकुमारी घटनालाई लिएर सत्तारुढ गठबन्धनका दलहरुबिच छलफल

बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कोरिया भाषा परिक्षामा आवेदन दिन पाउँ भन्दै प्रदर्शनमा उत्रिएका २ युवाहरुको प्रहरीको दमनका कारण मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उनले सत्तारुढ दललाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । बैठक २ बजेदेखि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेको छ । 

Ncell
Extreme Energy

शुक्रबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजत रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले क्षपिपूर्तिबापट उनीहरुको परिवारलाई १०÷१० लाख रुपैँया दिने घोषणा गरेको छ भने मृतकका परिवारले शाह र रावतलाई शहीद घोषणा गर्न माग समेत गरेका छन् । 

त्यस्तै उक्त घटनाको छानबिनका लागि सरकारले गठन गरेको समिति खारेज गरेर स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन समिति गठन गरिनुपर्ने परिवारको माग छ । 

सरकारले यसअघि नै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह र ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई हेडक्वार्टर फिर्ता बोलाएको छ भने रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...