नेभिगेशन
सबै कुरा

बालकुमारी घटनालाई लिएर सत्तारुढ गठबन्धनका दलहरुबिच छलफल

बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कोरिया भाषा परिक्षामा आवेदन दिन पाउँ भन्दै प्रदर्शनमा उत्रिएका २ युवाहरुको प्रहरीको दमनका कारण मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उनले सत्तारुढ दललाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । बैठक २ बजेदेखि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेको छ । 

Ncell
Extreme Energy

शुक्रबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजत रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले क्षपिपूर्तिबापट उनीहरुको परिवारलाई १०÷१० लाख रुपैँया दिने घोषणा गरेको छ भने मृतकका परिवारले शाह र रावतलाई शहीद घोषणा गर्न माग समेत गरेका छन् । 

त्यस्तै उक्त घटनाको छानबिनका लागि सरकारले गठन गरेको समिति खारेज गरेर स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन समिति गठन गरिनुपर्ने परिवारको माग छ । 

सरकारले यसअघि नै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह र ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई हेडक्वार्टर फिर्ता बोलाएको छ भने रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।