नेभिगेशन
सबै कुरा

गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज, सोमबार उच्चस्तरीय छानबिन आयोग बनाउने निर्णय

काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालुवाटरमा बसेको सत्ता साझेदार दलहरुको बैठकले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको हो ।  

Ncell
Extreme Energy

बैठकमा सहभागी एक नेताका अनुसार यस अघि गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज गरेर सोमबार  पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको हो । 

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको ज्यान गएको थियो ।

घटना लगत्तै गृहमन्त्रालयले डिआइजीको नेतृत्वमा तीन सदस्य छानबिन समिति बनाएको थियो । 

गृहले बनाएको छानबिन समिति सुजनका परिवारले नमान्ने, भन्छन्ः 'गोली हान्नेलाई नै कसरी पत्याउनु' ?

तर उक्त छानबिन समितिले न्यायिक छानबिन गर्न नसक्ने भन्दै मृतकका परिवारले उच्चस्तरीय छानबिन समितिको माग गरेका थिए । 

बालकुमारी घटना छानबिन गर्न गृहले बनाएको समिति खारेज गर्दै प्रधानमन्त्री, मृतक परिवारको १२ बजेसम्म अल्टिमेटम

उनीहरुले शनिवार प्रधानमन्त्रीलाई भेटेर उक्त छानबिन समिति खारेज गर्दै अर्को छानबिन समितिको माग गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...