नेभिगेशन
सबै कुरा

गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज, सोमबार उच्चस्तरीय छानबिन आयोग बनाउने निर्णय

काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालुवाटरमा बसेको सत्ता साझेदार दलहरुको बैठकले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको हो ।  

Ncell
Extreme Energy

बैठकमा सहभागी एक नेताका अनुसार यस अघि गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज गरेर सोमबार  पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको हो । 

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको ज्यान गएको थियो ।

घटना लगत्तै गृहमन्त्रालयले डिआइजीको नेतृत्वमा तीन सदस्य छानबिन समिति बनाएको थियो । 

गृहले बनाएको छानबिन समिति सुजनका परिवारले नमान्ने, भन्छन्ः 'गोली हान्नेलाई नै कसरी पत्याउनु' ?

तर उक्त छानबिन समितिले न्यायिक छानबिन गर्न नसक्ने भन्दै मृतकका परिवारले उच्चस्तरीय छानबिन समितिको माग गरेका थिए । 

बालकुमारी घटना छानबिन गर्न गृहले बनाएको समिति खारेज गर्दै प्रधानमन्त्री, मृतक परिवारको १२ बजेसम्म अल्टिमेटम

उनीहरुले शनिवार प्रधानमन्त्रीलाई भेटेर उक्त छानबिन समिति खारेज गर्दै अर्को छानबिन समितिको माग गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।