नेभिगेशन
क्रिकेट

ओमानद्वारा नेपाललाई ३०६ रनको बलियो लक्ष्य

काठमाडौँ । आईसीसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको हो । ओमानको इनिङ्सका नायक कप्तान जातिन्दर सिंह बने । उनले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे । उनले टोलीलाई मजबुत अवस्थामा पुर्‍याउँदै ठूलो स्कोरको आधार तयार पारे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन बिष्ट ले ३५ रन जोडे । त्यस्तै हमाद मिर्जाले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए । अन्तिम ओभरहरूमा विनायक शुक्ला २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे ।

Ncell
Extreme Energy

नेपालका बलरहरूले सुरुवातमा दबाब बनाउन खोजे पनि बीचका ओभरहरूमा ओमानका ब्याट्सम्यान हाबी भए । बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान २ र २  विकेट हात पारे । ३०६ रनको लक्ष्य पछाएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

नेपाल, युएई र ओमानबीचको एकदिवसिय  श्रृखलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्।

भर्खरै