नेभिगेशन
समाज

फ्लाइ दुबई उडान घटना:  आक्रमण गरेर दुर्घटना गराउन खोज्ने को पाइलटबारे नयाँ तथ्य सार्वजनिक

काठमाडौँ । दुबईबाट इजरायलको तेल अविवतर्फ जाँदै गरेको उडानका क्रममा आफ्नै सह-पाइलटमाथि चक्कु प्रहार गरी विमान नियन्त्रणमा लिने प्रयास गर्ने व्यक्तिको ‘इस्लामी कट्टरपन्थी विचारबाट ब्रेनवाश’ गरिएको सङ्केत मिलेको इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फक्स न्युजसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतान्याहुले ओमानका नागरिक रहेका ती आक्रमणकारीले "विमान खसाल्ने निश्चित प्रायः प्रयास" गरेको बताए ।

Ncell
Extreme Energy

प्राप्त विवरण अनुसार बुधबार फ्लाईदुबईको विमान उडान भरेको करिब दुई घण्टापछि अचानक आकाशमै १७ हजार फिट (५,२०० मिटर) भन्दा बढी तल झरेको थियो ।

सह-पाइलटले मुख्य पाइलटमाथि चक्कु प्रहार गरेलगत्तै विमानमा सवार यात्रु र क्रु सदस्यहरूले तत्परता देखाएका थिए । उनीहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएर बाँधेपछि विमानको नियन्त्रण पुनः सम्हाल्न सफल भएका थिए । तत्पश्चात् विमानलाई साउदी अरबमा सुरक्षित रूपमा संकटकालीन अवतरण गराइएको थियो । 

नेतान्याहुका अनुसार नियन्त्रणमा लिइएपछि ती व्यक्तिले एयरक्रुलाई "मलाई मारिदेऊ, मलाई मारिदेऊ" भनिरहेका थिए । यसले उनी आत्मघाती हमलाको उद्देश्यमा रहेको प्रस्ट हुने इजरायली प्रधानमन्त्रीको भनाइ छ ।

fly-dubai-1790907002.jpg
घटनापछि विमान साउदी अरबमा अवतरण गराइएकाले हाल साउदी अधिकारीहरूले ती आरोपी सह-पाइलटसँग हिरासतमा लिएर सोधपुछ गरिरहेका छन् ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) को सरकारी समाचार एजेन्सीले पनि घटनाको व्यापक अनुसन्धान सुरु गरिएको जनाएको छ । यो घटना कुनै आतङ्कवादी गतिविधि वा सङ्गठित उद्देश्यसँग जोडिएको छ कि छैन भन्नेबारे अनुसन्धान केन्द्रित गरिएको छ ।

यद्यपि, आक्रमण भएको विमान यूएईमा दर्ता भई उसैको झण्डामुनि उडान भरिरहेकाले यस घटनाको मुख्य कानुनी क्षेत्राधिकार आफूसँग रहेको दाबी यूएईका अधिकारीहरूले गरेका छन् ।

नेतान्याहुले घटनाका प्रारम्भिक सङ्केतहरू इस्लामी कट्टरपन्थी सोचतर्फ लक्षित भए पनि अहिले नै कुनै अन्तिम निष्कर्षमा नपुगिसकिएको र अनुसन्धान जारी रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का...
एमालेका मनोनीत केन्द्रीय सदस्यले आज सपथ लिँदै

एमालेका मनोनीत केन्द्रीय सदस्यले आज सपथ लिँदै

नेकपा (एमाले)का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सपथ ग्रहण गर्ने भएका छन् ।
मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् विनोद पोखरेलले असोज १६ देखि २३ गतेसम्म देशभर ठूलो वा अति भारी वर्षाको सम्भावना नरहेको बताएका छन्। उनका अनुसार यस अवधिमा मुख्यतः हल्का वर्षा हुने देखिए पनि...