नेभिगेशन
समाज

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

काठमाडौं। कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपसभापति विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भए । महामन्त्री गुरूराज घिमिरे पनि मोरङ–४ बाट निर्वाचित भए । यसैगरी अन्य पदाधिकारी र सदस्यहरू पनि आ आफ्नो वडा र क्षेत्र हुँदै महाधिवेशनमा आएका छन् । 

Ncell
Extreme Energy

तर, नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बन्दसत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी काठमाडौँ क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका थिए । प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित कोटाबाट उम्मेदवार बनेका उनी चुनावमा पराजित भए । गत पुस सम्पन्न विशेष महाधिवेशनको बन्दसत्रमा ८८ वर्षीय नेता खड्काले अध्यक्षता गरेका थिए । १४औं महाधिवेशनमा उनी काठमाडौं–५ बाटै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ५ ले अर्को पनि रोचक परिणाम दियो । कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार पनि महाधिवेशन प्रतिनिधिमा पराजित भइन् । सुनार विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । जिल्ला र निर्वाचन क्षेत्र तहमा चर्चित अन्य केही नेता पनि यसपालि तल्लो तहबाटै पाखा लागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।
प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान...

प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान...

आफ्नो ज्यान नै जोखिममा राखेर धेरैलाई जीवन दियौ तिमीले । पत्रकारितालाई भन्ने गरिएको आवाजविहीनहरूको आवाजको एक सच्चा पहरेदार तिमी थियौ ।
कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नो वडामा, विशेष महाधिवेशनै नेता कसरी हारे ?

कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नो वडामा, विशेष महाधिवेशनै नेता कसरी हारे ?

केन्द्रमा रहेको खुलामञ्च आन्दोलन, लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिन्छ । यसपालि कांग्रेसले आफ्नो महाधिवेशन त्यही खुलामञ्चमा गर्दैछ । पछिल्लो दश वर्षयता खुलामञ्चमा हुन लागेको कांग्रेसको महाधिवेशन नै पहिलो...