नेभिगेशन
समाज

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

काठमाडौं। कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपसभापति विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भए । महामन्त्री गुरूराज घिमिरे पनि मोरङ–४ बाट निर्वाचित भए । यसैगरी अन्य पदाधिकारी र सदस्यहरू पनि आ आफ्नो वडा र क्षेत्र हुँदै महाधिवेशनमा आएका छन् । 

Ncell
Extreme Energy

तर, नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बन्दसत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी काठमाडौँ क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका थिए । प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित कोटाबाट उम्मेदवार बनेका उनी चुनावमा पराजित भए । गत पुस सम्पन्न विशेष महाधिवेशनको बन्दसत्रमा ८८ वर्षीय नेता खड्काले अध्यक्षता गरेका थिए । १४औं महाधिवेशनमा उनी काठमाडौं–५ बाटै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ५ ले अर्को पनि रोचक परिणाम दियो । कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार पनि महाधिवेशन प्रतिनिधिमा पराजित भइन् । सुनार विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । जिल्ला र निर्वाचन क्षेत्र तहमा चर्चित अन्य केही नेता पनि यसपालि तल्लो तहबाटै पाखा लागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।