नेभिगेशन
समाज

लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षका दुईवटा मोर्चा ‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन्।

Ncell
Extreme Energy

बैठकमा ओलीले संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा पार्टीले खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको बताएका थिए।

एमाले प्रमुख सचेतक ऐन महरका अनुसार ओलीले आगामी दिनमा प्रत्येक सांसदलाई विषयवस्तुको गहन तयारी गर्न, विज्ञहरूसँग छलफल गर्न र जनताका मुद्दा सशक्त रूपमा संसदमा उठाउन निर्देशन दिएका छन्।

बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा तथा जनजीविकाका सवालमा असफल भएको निष्कर्ष निकालेको महरले बताए। उनका अनुसार सरकारले निरन्तर ‘फासीवादी, स्वेच्छाचारी एवं तानाशाही’ बाटो अवलम्बन गरिरहेको एमालेको निष्कर्ष छ।

महरले सरकार संसदप्रति उत्तरदायी हुन नसकेको आरोप पनि लगाए। उनका अनुसार सरकारले संसदलाई सत्ताको छायाँमा पार्दै जनमतको उपेक्षा गरेको र संसदलाई एक प्रकारको कठपुतली बनाउन खोजेको एमालेको आरोप छ।

एमालेले आगामी दिनमा संसद र सडक दुवै मोर्चाबाट लोकतन्त्र, संविधान तथा राष्ट्रियताको रक्षाका लागि भूमिका प्रभावकारी बनाउने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।