नेभिगेशन
सबै कुरा

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ भारतीयको मृत्यु

चन्द्रपुर । रौतहटको चन्द्रपुर–५ मा गएराती भएको दुर्घटनामा २ भारतीयको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले नुनथरबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा अटोमा सवार सवार दुई भारतीय नागरिकको मृत्यु भएको हो । बागमतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । 

CG

दुर्घटनामा परि मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र २२ वर्षिय अवधेश झा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मृतक दुवैजना अंग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित बागमतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । उनीहरुको शव नारायणी अस्पतालमा राखिएको छ । 

त्यस्तै दुर्घटनामाा परी चार जना घाईते भएका छन्  । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ भने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...