नेभिगेशन
सबै कुरा

रवि लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिदै कान्तिपुरले दावी गरेको सहकारी सम्बन्धी आरोपमा आफ्नो कुनै तथ्य नरहेको बताएका छन् । त्यस्तै उनले भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको समेत जानकारी गराएका छन् । लामिछानेले हालेको मुद्दामा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, इकान्तिपुर लगायतलाई पनि प्रतिवादी बनाइएको छ । कान्तिपुरले प्रकाशन गरेको समाचारका कारण पारिवारिक तथा राजनीतिक प्रतिष्ठामा नोक्सानी भएको भन्दै लामिछानेले सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरेका छन् । 

उनले लेखेका छन्, ‘एउटा  योद्धा  लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।  मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै