नेभिगेशन
नेताका कुरा

संसद्को शून्य समयः कसले के भने ?

काठमाडौँ, २९ वैशाखः प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  सांसदहरूले वर्षायाम सुरु भएकाले बाढीपहिरो, डुबान रोकथाम गर्नुपर्ने, स्वास्थ्य शिक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीनालाले घेरिएको हुनाले हरेक वर्ष सदरमुकाम डुबान भएर करोडौँ क्षति गरेकाले त्यसलाई समयमै रोकथामका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद राधिका रम्तेलले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या र सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै राज्यले कमजोर र दलितपीडित नागरिकलाई सुरक्षा नदिएको बताइन्।

Ncell
Extreme Energy

सांसद रामविनोद यादवले धनुषा क्षेत्र नं २ मा कमला नदीको कटान र डुबानबाट पीडित हुँदै आएको, शिक्षा र स्वास्थ्यको कमी भएकाप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद रिगला यादवले सरकारले तयारीबिना सुकुम्बासी बस्ती उठाउने काम गरेकाप्रति ध्यानाकर्षण गराउँदै सुकुम्बासीलाई उचित बासको ग्यारेन्टी गर्न माग गरिन् ।

सांसद रिमा विश्वकर्माले सिन्धुलीले २२ वर्षीय श्रीकृष्ण विश्वकर्माको खुर्कोट इलाका प्रहरी हिरासतमा मृत्यु भएको घटनाको आज १८ दिन बितिसक्दा पनि न्याय नपाएको र यस्ता हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्महत्या भन्न नमिल्नेप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद रुपेस रञ्जितले भक्तपुरले खोपः विश्वविद्यालयको निर्माण र वीर अस्पतालको निर्माणका प्रतीक्षामा बसेको र भक्तपुरमा मापदण्डविपरीत बनाएको इँटाभट्टाहरूलाई तत्काल बन्द गर्न उद्योग र वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद रुविना आचार्यले आगामी आर्थिक वर्षमा देशमा आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने र वर्षायामका कारण बाढीपहिरो, डुबानका कारण हुने खतराबाट बचाउन पहिला नै ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद रेखाकुमारी यादवले सुकुम्बासीहरूको बिनातयारी बस्ती उठाउने भन्दा पनि राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । सांसद विदुषी राणाले सरकारले उद्योग, उत्पादनलाई प्राथमिकतामा राख्नका लागि ढुवानीको उचित व्यवस्थापन गर्न सडक मार्गको राम्रो व्यवस्थापन गर्नुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिना गुरुङले पोखरास्थित फेवातालको संरक्षण गर्दै लालपुर्जा भएका व्यक्तिहरूलाई मुआब्जा दिन र वरपर वर्षौँदेखि माछा व्यवसाय गर्ने जलारी समुदायलाई उचित व्यवस्थापन गर्न माग गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।