नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहीले भने– अहिलेको नीति कार्यक्रम २०८१ को नीति कार्यक्रमसँग हुबहु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले २०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको नीति तथा कार्यक्रम हुबहु रहेको दाबी गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा शाहीले भने– ‘२०८३ सालको नीति तथा कार्यक्रम र २०८१ सालको नीति तथा कार्यक्रम हुबहु छ । २०८१ सालको २१७ बुँदाको छ, यो १०० बुँदाको छ, धेरै बुँदा हुबहु छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाहीले दुई वर्षअघिको नीति तथा कार्यक्रम लेख्ने मान्छे र अहिलेको नीति तथा कार्यक्रम लेख्ने मान्छे त एउटै रहेको दाबी गरे ।

Marvel
Extreme Energy

उनले नीति तथा कार्यक्रमबाट देशले आमुल परिवर्तन चाहे पनि पुरा नभएको दाबी गरे । शाहीले सत्ताको शक्ति अस्थायी हो भन्दै सरकारमा बस्नेले जे पनि गर्न सक्छु भन्ने नसोच्न आग्रह गरे ।

सुकुम्बासीलाई सर्न पनि समय नदिइएको बताउँदै उनले सुकुम्बासी हटाउँदा सामान्य मानवीयताको ख्यालसमेत नगरिएको आरोप लगाए । ‘अवैध सम्पत्ति भत्काउनुस्, अवैध कब्जा हटाउनुस् तर, मानवीयता ख्याल गर्नुस्’ उनले भने। उनले दुई जना सुकुम्बासीले आत्महत्या गरेको सुनाउँदै ‘नागरिकको सुरक्षा सरकारको जिम्मेवारी हो कि होइन ? भनेर प्रश्न गरे ।

शाहीले राज्य गरिब र निमुखाको पक्षमा उभिनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरि फुयालसहित को को न्यायाधीशमाथि लाग्दैछ महाभियोग ?

हरि फुयालसहित को को न्यायाधीशमाथि लाग्दैछ महाभियोग ?

के न्यायाधीश हरि फुयालमाथि मात्रै लाग्दैछ महाभियोग ? अरु कुन कुन न्यायाधीशले गरेको थिए बिचौलिया सापकोटासँग साँठगाँठ ? एकसाथ कतिजना न्यायाधीश पर्दैछन् महाभियोगको घानमा ? अनि कसरी अघि...
बालेन लक्षित गगन थापाको टिप्पणी– तर्साउने धेरै आए, तर्सिने बानी परेन

बालेन लक्षित गगन थापाको टिप्पणी– तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए, तर्सिने बानी परेन भन्दै प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गरेर टिप्पणी गरेका छन्।
एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।