नेभिगेशन
मुख्य समाचार

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

काठमाडौँ । मंगलबार अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् ।

मंगलबार अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ को कुरुलेफाँट नजिक बसदुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका–१९ की ७८ वर्षीया राममाया बस्नेत,  सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताए ।

Ncell
Extreme Energy

त्यस्तै घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...