नेभिगेशन
समाज

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरले जनआस्था र किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छन् । उनले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन् । 

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार समप्रेषण गरेको उल्लेख गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपसभामुख ठाकुरले श्रेष्ठविरूद्ध विद्युतीय कसुर ऐन २०६३ अनुसारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेकी छिन् । 

Ncell
Extreme Energy

जनआस्थाका अध्यक्ष श्रेष्ठलाई रिहा गर्न  आजै सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो । 

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्ने वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो । 

श्रेष्ठ साउन २७ गते बुधबार ललितपुरबाट पक्राउ परेका थिए । उनलाई व्यक्तिगत गोपनियतामा सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो । यसअघि जिल्ला अदालतले ३ दिन म्याद थप गरेको थियो भने आज पनि काठमाडौँ जिल्ला अदालतले ४ दिन म्याद गरेको थियो । 

तर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने सर्वोच्चले रिहा गर्न भनेको हो । साथै श्रेष्ठको संस्था तथा घरबाट बरामद गरिएका डिभाइस पनि फिर्ता गर्न भनिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
महाधिवेशनसँगै समायोजन सकियो, अब एउटा रास्वपा एउटा घण्टी– रवि लामिछाने

महाधिवेशनसँगै समायोजन सकियो, अब एउटा रास्वपा एउटा घण्टी– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनको समाप्तीसँगै समायोजनको सम्पूर्ण काम सकिएको बताएका छन् ।

भर्खरै