नेभिगेशन
समाज

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन् । 

सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रममा उनले विजेताहरूलाई पुरस्कार रकम प्रदान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो । 

Ncell
Extreme Energy

उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सो क्रममा अर्थमन्त्री डा. वाग्लेले विजेता जोशीलाई सरकारको करदाता प्रोत्साहन पुरस्कारको दूत बन्न आग्रह गरे । साथै, उनले पुरस्कारको रकम राम्रो काममा लगानी गर्न आग्रह गरे ।
“हेमराजजी, बधाई छ। तपाईँ पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईँ सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,” अर्थमन्त्री डा. वाग्लेले भने । 

यस्तै, एक लाख ३३ हजार रुपैयाँ विजेता गैँडाकोट, नवलपरासीका हिमाल अर्याललाई पनि अर्थमन्त्री डा. वाग्लेद्वारा पुरस्कार हस्तान्तरण गरियो । उनले साथीहरूसँग आइसक्रिम खाँदा तिरेको कारोबारमा एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जितेका थिए । पुरस्कार रकमबाट २५ प्रतिशत करकट्टी भएपछि उनले एक लाख रुपैयाँ नगद उपहार पाए । 

पहिलो १५ दिनको अन्य विजेताहरुलाई यसै साता आन्तरिक राजश्व कार्यालयबाट नगद पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।