नेभिगेशन
सबै कुरा

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न, यी विषयमा भए छलफल

काठमाडाैँ : नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको  सातौं बैठक सम्पन्न भएको छ । 

काठमाडौँको होटल याक एन्ड यतिमा भएको बैठकमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको हो। 

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जनाएका छन् ।

‘उहाँ (जयशंकर)सँग दुईदेशीय सम्बन्धबारे आदानप्रदान गर्न पाउँदा खुसी लागेको छ’, मन्त्री साउदले भने, ‘हामीले सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा समेत बस्यौँ। सो क्रममा दुई देशको विविध पक्षबारे छलफल भयो।’

परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा बिहिबार नेपाल आइपुगेका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग सिष्टाचार भेटवार्ता गरिसकेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...