नेभिगेशन
सबै कुरा

धार्मिक सद्भावमा आँच पुर्याएको भन्दै पर्यटनमन्त्री किरातीँविरुद्ध प्रहरीमा जाहेरी

धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै  संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ स्थाई ठेगाना भएका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध जाहेरी दर्ता गराएका हुन् । उनले हुलाकमार्फत जाहेरी पठाएका हुन् ।

Ncell
Extreme Energy

जाहेरीमा उनले मन्त्री किराँतीले क्रिश्चियन धर्मको प्रचारक शैलीमा ‘क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएको र उक्त अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भाव खल्बलाएको उल्लेख गरेका छन्  ।

उनले मन्त्री पर्यटन तथा संस्कृति मन्त्री भई गैरजवाफदेही व्यवहार गरेको भन्दै मन्त्रीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...