नेभिगेशन
सबै कुरा

जनताले राजा आउ देश बचाउ भनेको सुनेको छु, देशकाे अवस्थालाई नजिकैबाट नियालीरहेको छु : ज्ञानेन्द्र शाह (भिडियो सहित)

पूर्व राजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वाजनिक बाक्लै देखिन थालेका छन् । सधैँ मञ्चमा आसिन हुने गरेका पूर्वराजाले बिहिबार भने भाषण नै गरे । भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमा उनले लामो समयदेखिको मौनता तोडेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बेला बेला विज्ञप्ती सार्वजनिक गर्दै आफ्ना मनका तुष पोख्दै आएका शाहले बिहिबार भने भाषण नै गरेर देश बर्बादितर्फ गईरहेको आशय व्यक्त गरे । उनले सबै कुराको समिक्षा गरेर राम्रो मार्गचित्र कोर्नुपर्ने बताए । उनले भने, ‘देश हामीले नै बनाउने हो । हाम्रै स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।’ 

त्यतिमात्र होइन उनले घुमाउरो पारबाट देशको वर्तमान अवस्थालाई नजिकैबाट नियालीरहेको रहेको आशय समेत व्यक्त गरेका छन् । ‘म कतै अन्त गएको छैन । सदा सदा नेपालीका साथमा छु । नेपाल भित्रै छु । नेपालीहरुको सुख, दुःख, सुबिधा, असुबिधा, बाधा पीडा, तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालीरहेको छु ।’ शाहले भने । 

उनले देश जरजर भएको भन्दै वेरोजगारी, गरिबी, शैक्षिक कमजोरी लगायतका कारण लाखौँ युवा विदेशिनुपरेको प्रति चिन्ता समेत व्यक्त गरे । शाहले थपे, ‘हाम्रो राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गईहरेको छौँ ।’ 

पूर्वराजा शाहले मञ्बाट आफ्ना कुरा राख्न पाउँदा खुशी लागेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले आफ्नो फरक मूल्य मान्यता भएपनि कता कता हराइरहेको, कता कता हारिरहेको महसुस भएको समेत उल्लेख गरे । उनले मलाई आउ देश बचाउ भन्ने जनआवाज सुन्ने गरेको उल्लेख गर्दै ‘देश बनोस्, देश बचोस्’ भन्ने पुख्र्यौली भावना पोखिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...