नेभिगेशन
सबै कुरा

जनताले राजा आउ देश बचाउ भनेको सुनेको छु, देशकाे अवस्थालाई नजिकैबाट नियालीरहेको छु : ज्ञानेन्द्र शाह (भिडियो सहित)

पूर्व राजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वाजनिक बाक्लै देखिन थालेका छन् । सधैँ मञ्चमा आसिन हुने गरेका पूर्वराजाले बिहिबार भने भाषण नै गरे । भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमा उनले लामो समयदेखिको मौनता तोडेका हुन् । 


बेला बेला विज्ञप्ती सार्वजनिक गर्दै आफ्ना मनका तुष पोख्दै आएका शाहले बिहिबार भने भाषण नै गरेर देश बर्बादितर्फ गईरहेको आशय व्यक्त गरे । उनले सबै कुराको समिक्षा गरेर राम्रो मार्गचित्र कोर्नुपर्ने बताए । उनले भने, ‘देश हामीले नै बनाउने हो । हाम्रै स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।’ 

त्यतिमात्र होइन उनले घुमाउरो पारबाट देशको वर्तमान अवस्थालाई नजिकैबाट नियालीरहेको रहेको आशय समेत व्यक्त गरेका छन् । ‘म कतै अन्त गएको छैन । सदा सदा नेपालीका साथमा छु । नेपाल भित्रै छु । नेपालीहरुको सुख, दुःख, सुबिधा, असुबिधा, बाधा पीडा, तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालीरहेको छु ।’ शाहले भने । 

उनले देश जरजर भएको भन्दै वेरोजगारी, गरिबी, शैक्षिक कमजोरी लगायतका कारण लाखौँ युवा विदेशिनुपरेको प्रति चिन्ता समेत व्यक्त गरे । शाहले थपे, ‘हाम्रो राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गईहरेको छौँ ।’ 

पूर्वराजा शाहले मञ्बाट आफ्ना कुरा राख्न पाउँदा खुशी लागेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले आफ्नो फरक मूल्य मान्यता भएपनि कता कता हराइरहेको, कता कता हारिरहेको महसुस भएको समेत उल्लेख गरे । उनले मलाई आउ देश बचाउ भन्ने जनआवाज सुन्ने गरेको उल्लेख गर्दै ‘देश बनोस्, देश बचोस्’ भन्ने पुख्र्यौली भावना पोखिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै